क्रिस्टियानो रोनाल्डोले एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १-० को हारपछि फ्यानको फोन भुइँमा झट्टारो हानेर फुटाएपछि आफ्नो आक्रोशको लागि माफी मागेका छन्, यद्यपि उनी माथि मर्सीसाइड पुलिसले छानबिन गर्ने भएको छ।

सामाजिक सञ्जालमा निकै भाइरल हुँदै गएको एक फुटेजमा रोनाल्डोले गुडिसन पार्कको सुरुङबाट तल हिंड्दा एक प्रशंसकको फोन भुइँमा फाँकेको देख्न सकिन्छ। जसपछि रोनाल्डोले इन्स्टाग्राममा भनेका छन्, “हामीले सामना गरिरहेका कठिन क्षणहरूमा भावनाहरूसँग सामना गर्न कहिल्यै सजिलो हुँदैन। यद्यपि, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूका लागि उदाहरण सेट गर्नुपर्छ। म मेरो आक्रोशको लागि माफी माग्छु र, यदि सम्भव छ भने, म उक्त समर्थकलाई फेयर-प्ले र स्पोर्टम्यानसिपको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु।”

म्यानचेस्टर युनाइटेडले फुटेजको बारेमा आफूलाई जानकारी रहेको बताएपनि घटनाको बारेमा कुनै बयान दिएको छैन। यसैबीच, स्थानीय पुलिस बल प्रत्यक्षदर्शीहरुसँग कुराकानी र घटनाको बारेमा अनुसन्धान गर्न जाँदैछ।

“मर्सिसाइड पुलिसले पुष्टि गर्न सक्छ कि उनीहरूले गुडिसनमा एभर्टन विरुद्ध म्यानचेस्टर युनाइटेड म्याचमा म्यानचेस्टर युनाइटेडका खेलाडी संलग्न भएको घटना पछि त्यसमा संलग्न सबै पक्षहरूसँग कुरा गर्नेछन्,” एभर्टन म्याचडे पुलिस अधिकारीहरूले ट्विटर अकाउन्ट मार्फत भने।

