बेल्जियमका स्ट्राइकर चोटका कारण रियल म्याड्रिडविरुद्धको च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगबाट बाहिर भएपछि चेल्सीले रोमेलु लुकाकु बिना नै दोस्रो लेगमा रियलको ३-१ को अग्रता उल्ट्याउनु पर्ने भएको छ।
बेल्जियमका स्ट्राइकर एक्लिसको दुखाइका कारण शनिबार साउथह्याम्पटनमाथि ६-० ले आफ्नो टोलीको जितमा प्रदर्शन नगरेपछि म्याड्रिड विरुद्धको खेलका लागि पनि अनुपलब्ध छन्। तर सेजर अज्पिलीकुएटा भने मंगलबार हुने खेलका लागि फिट हुने भएका छन्।
चेल्सीका कप्तान कोविड-१९ को लागि सकारात्मक परीक्षण भएपछि साउथह्याम्पटन विरुद्धको खेल गुमाएका थिए। यद्यपि, उनको पछिल्लो परीक्षण नेगेटिभ आएको छ र स्पेनको राजधानीको उडान अघि टोलीमा पुन: सामेल भएका छन्।
घरेलु मैदानमा भएको पहिलो लेगमा साबिक विजेता चेल्सी म्याड्रिडसँग ३-१ ले पराजित भएको थियो। रियल म्याड्रिडका लागि कप्तान करिम बेन्जेमाले ह्याट्रिक गर्दै १३ पटकको च्याम्पियन्स लिग विजेतालाई निकै बलियो स्थानमा पुर्याएका छन्। चेल्सीका लागि सेमी-फाइनलमा आफ्नो स्थान बनाउनका लागि स्पष्ट ३ गोल अन्तरको जित निकाल्नु पर्नेछ।
यी दुई बीचको विजेता टोलीले सेमी-फाइनलमा म्यानचेस्टर सिटी र एथलेटिको म्याड्रिड बीचको विजेताको सामना गर्नुपर्नेछ। अन्तिम १६ मा चेल्सीले फ्रेन्च च्याम्पियन लिललाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो भने म्याड्रिडले पीएसजी विरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।