एन्सेलोटीले स्वीकार गर्दै भने – ‘हो हामी बेन्जेमामा निभर छौँ, बेन्जेमा नभए गार्हो पर्छ’

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले आफूहरु करिम बेन्जेमामा निर्भर रहेको स्वीकार गरेका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा चेल्सीको सामना गर्नु अगाडी एन्सेलोटीले बेन्जेमा आफूहरुका लागि मूख्य खेलाडी रहेको बताएका हुन्।

पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले रियल बेन्जेमामा निर्भर रहेको स्वीकार गरे। बेन्जेमामा रियल निर्भर भएको कुरालाई आफूले नकार्ने एन्सेलोटीको भनाई छ। बेन्जेमामा निर्भर हुनु नराम्रो कुरा नरहेको पनि उनले बताए।

“हामी बेन्जेमामा निर्भर छौं। यस्तै हो, हामी यसलाई अस्वीकार गर्दैनौं। र म धेरै खुसी छु कि हामी करिममा निर्भर छौं। यो एक वास्तविकता हो, र यो राम्रो कुरा हो।”,एन्सेलोटीले भने।

त्यसक्रममा उनले बेन्जेमामा आधुनिक फरवार्डमा हुनुपर्ने सबै गुण रहेको बताउन पनि छुटाएनन्। बेन्जेमा उत्कृष्ट सेन्टर फरवार्डको प्रतिनिधि रहेको एन्सेलोटीको भनाई छ। बेन्जेमामा रक्षात्मक गुण पनि रहेको एन्सेलोटीले बताए।

उनले भने,”करिम एक आधुनिक फरवार्ड हुन् र स्ट्राइकरहरूले जे गर्न पर्ने हो त्यहि गर्छन्। रक्षात्मक सहित सबै काम उनी गर्छन्। उनी आजको फुटबलमा सेन्टर फरवार्ड कस्तो हुनुपर्छ भन्ने कुराको सही प्रतिनिधित्व हुन्।”

जारी सिजनमा बेन्जेमा उच्च लयमा देखिएका छन्। बेन्जेमाको उच्च लयकै कारण रियल अहिले लालिगाको शिर्ष स्थानमा छ। लालिगामा बेन्जेमाले अहिले सम्म २४ गोल गरिसकेका छन् भने ११ असिस्ट दिसकेका छन्। त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले धेरै राम्रो गरिरहेका छन्। च्याम्पियन्स लिगको जारी सिजनमा बेन्जेमाले अहिले सम्म ११ गोल गरिसकेका छन्। जसमा २ ह्याट्रिक समावेश छ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१९:००

आकाशको तारा खसे मात्रै चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा ! सम्भव होला त पुनरागमन ?