तत्काल पानी पर्ने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसम विद् !

काठमाडौँ – अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको। सो प्रभावका कारण देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

मंगलबार दिउँसो भने प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्न सक्नेछ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

२०७८ चैत्र २8 गते (सोमबार)

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र २९ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ चैत्र ३० गते (बुधबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बगमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

राती : : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागहरुका थोरै र तराई भेगका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : सोमबार, चैत २८, २०७८२०:२७

“माओवादी जिते सिङ्गो राष्ट्रले जित्छ”