बचे रोनाल्डो, युनाइटेडले कारवाही नगर्ने !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग हार बेहोरेपछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो आक्रोशको लागि माफी मागेका छन् ।

एभर्टनसँग १–० ले पराजित भएपछि आक्रोशित रोनाल्डोले एभर्टनका समर्थकको मोवाईल फोन भुईमा फालेको देखिएको थियो । उक्त घट्नाका लागि रोनाल्डोले माफी मागेपनि उनीमाथि मर्सिसाइड प्रहरीले अनुसन्धान थाल्ने भएका छन् ।

सामाजिक सन्जालमा भाइरल भएको फुटेजमा रोनाल्डोले गुडिसन पार्कको तलबाट हिड्दा एक प्रशंसकको फोन फ्याक्नुअघि आफ्नो दाहिने हात जमिनतर्फ झरेको देखाइएको छ । रोनाल्डोको इन्स्टाग्राममा भनेका छन्, ‘हामीले सामना गरिरहेका कठिन क्षणहरुमा भावनाहरुसँग सामना गर्न कहिल्यै सजिलो हुँदैन ।’

‘यद्दपि हामीले सँधै आदर, धैर्य र सुन्दर खेल मन पराउने सबैका लागि नमुना बन्न सक्नुपर्छ । म मेरो आक्रोशको लागि माफी माग्न चहान्छु, र यदि सम्भव छ भने म यस समर्थकलाई ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चहान्छु ।’

मर्सिसाइड प्रहरीले यो घट्नामा रोनाल्डोको अनुसन्धान गर्नेछ । म्यानचेस्टर युनाइटेडले फुटेजको बारेमा आफुलाई जानकरी रहेपनि घट्नाको बारेमा कुनै बयान दिएको छैन । यसैबीच स्थानिय प्रहरी, प्रत्यक्षदर्शीसँगको कुराकानी गरी घट्नाको अनुसन्धान गर्दै जानेछ ।

‘मर्सिसाइड प्रहरीले पुष्टि गर्न सक्छ कि उनीहरुले गुडिसन पार्कमा एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेडको खेलमा म्यानचेस्टरका खेलाडी संलग्न भएको घट्नापछि उनीहरु पिचबाट हिडिरहेका थिए र त्यसमा संलग्न सबै पक्षहरुसँग कुरा गर्नेछन् ।’ उक्त खेलका प्रहरी अधिकारीले भने ।

यस विषयमा युनाइटेडले भने रोनाल्डोलाई थप कारवाही नगर्ने भएको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार रोनाल्डोले सामाजिक संजाल मार्फत गरेको क्षमायाचनाबाट युनाइटेड सन्तुष्ट भएको छ। रोनाल्डोसँग थप स्पष्टिकरण लिने पक्षमा युनाइटेड देखिँदैन।

प्रकाशित : सोमबार, चैत २८, २०७८२१:२४

रियलको घरेलु मैदानमा टिक्न सक्ला चेल्सी ? खेल कुन च्यानलमा हेर्ने ?