रामोस भन्छन् – ‘अझै चार-पाँच वर्ष खेल्छु’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्तर डिफेन्डर सर्जियो रामोस अझै चार-पाँच वर्ष उच्च स्तरमा खेल्न चाहन्छन्। एक अन्तर्वार्ताका क्रममा रामोस आफैंले चार-पाँच वर्ष उच्च स्तरमा खेल्ने बताएका हुन्।

पूर्व फ्रान्सेली फुटबलर लुडोभिक जिउलीसँगको एक अन्तर्वार्तामा रामोसले चार-पाँच वर्ष उच्च स्तरमा खेल्ने पक्षमा आफू रहेको बताए। शरीरले साथ दिएसम्म फुटबल खेल्ने आफ्नो योजना रहेको रामोसले सुनाए।

“अझ चार वा पाँच वर्ष उच्च स्तरमा खेल्ने मेरो योजना छ। त्यसपछि नयाँ कुराको अनुभव गरौँला।”,फुटबल करियर कति बाँकी छ भनेर प्रश्न गरिँदा रामोसले भने। अन्तर्वार्ताका क्रममा रामोसले पिएसजीमा दुई वर्षका लागि सम्झौता रहेको उल्लेख गर्दै शरीरले साथ दिए एक वर्ष थप गर्ने पनि बताए।

उनले भने,”पेरिसमा दुई वर्षको सम्झौता छ। सबै राम्रो गएको खण्डमा एक वर्ष सम्झौता थप गरौंला। त्यसपछि के हुन्छ हेर्दै जाउँ। शरीरले साथ दिए त्यसपछि पनि फुटबल खेल्छु। मलाई लाग्छ म एकदमै ध्यान केन्द्रित छु।”

अन्तर्वार्ताका क्रममा जिउलीले विश्वको उत्कृष्ट खेलाडी बन्ने कि उत्कृष्ट फुटबल टोलीबाट खेल्ने भनेर प्रश्न गरियो। त्यसक्रममा उनले आफू विश्वको उत्कृष्ट टोली रोज्ने बताए।

“म विश्वको उत्कृष्ट टोलीको लागि खेल्न रुचाउँछु। किनकि अन्तमा फुटबल एक टोलीमा खेलिने खेल हो।”,रामोसले भने।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८१९:०१

वेलकम टु बर्नाबेउ: पहिलो पटक सान्टियागो बर्नाबेउको स्वाद चाख्दै चेल्सी !