उपकार लघुवित्तको आईपीओका लागि आवेदन दिने आज अन्तिम दिन !

काठमाडौँ – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। चैत २५ गते शुक्रवारदेखि निष्कासनमा आएको आईपीओका लागि आज सम्म मात्रै आवेदन दिन सकिनेछ।

आवेदन दिने म्याद मंगलबार नै सकिने थियो। तर चैत २७ गते राम नवमी पर्वको सार्वजनिक बिदा परेका कारण आवेदन दिने अवधि एक दिन थप गरिएको थियो। उपकार लघुवित्तको आईपीओका लागि आज ५ बजे सम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो । निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको दुई लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । मंगलबार साँझ सम्म करिब ११५ गुणा बढी आवेदन परिसकेको छ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित : बुधबार, चैत ३०, २०७८०९:०९

भोलिबाट खुल्दै सिवाईसी नेपाल लघुवित्तको आइपिओ, कहिलेसम्म दिने आवेदन ?