टुचेल भन्छन् – ‘च्याम्पियन्स लिगबाट बाहिरिएकोमा कुनै पश्चाताप छैन’

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टचेलले च्याम्पियन्स लिगबाट बाहिरिएकोमा कुनै पश्चाताप नरहेको बताएका छन्। मंगलबार राति रियल म्याड्रिडको घरेलु मैदानमा जित निकालेर पनि चेल्सी च्याम्पियन्स लिगबाट बाहिरिएपछि टचेलले त्यस्तो बताएका हुन्।

खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले च्याम्पियन्स लिगबाट चेल्सी सम्मान जनक तरिकाले बाहिरिएको र त्यसमा कुनै पछुतो नरहेको बताए। च्याम्पियन्स लिगको क्वाटरफाइनलको हारलाई टुचेलले पचाउन सकिने हारको संज्ञा दिए।

“यी हारहरू हामीले पचाउन र निल्न सक्ने खालका हारहरू हुन्। किनकि हामीले त्यहाँ पछुताउनु पर्ने कुनै पनि कुरा छोडेका छैनौं। हामी केवल अभागी थियौं। हामीले यो टोलीको गुणस्तर र चरित्र देखाउन सक्यौं। पछुताउनु पर्ने केहि पनि छैन।”,टुचेलले भने।

टुचेलले पहिलो लेगमा गरिएका गल्तीका कारण दोस्रो लेगमा घाटा पुगेको पनि बताए। त्यसक्रममा उनले दोस्रो लेगको धेरै राम्रो गरेपनि अन्तिम समयमा आफ्नो टीम सम्हालिन नसकेको बताउन भने छुटाएनन्।

दुवै लेगमा आफूहरुबाट धेरै गल्तीहरु भएको र त्यसको फाइदा रियलले उठाएको टुचेलको भनाई छ। उनले भने,”पहिलो लेगमा गरेका गल्तीका कारण धेरै घाटा भयो। आज पनि दुई गोल हाम्रै गल्तीका कारण भयो। उनीहरुले हामी भएको गल्तीका भरपुर फाइदा उठाए। दुई लेगमा हामीबाट धेरै गल्तीहरु भएका छन्।”

चेल्सी पहिलो लेगमा रियल म्याड्रिडसँग ३-१ को गोल अन्तरले पराजित भएको थियो। दोस्रो लेगमा भने चेल्सीले रियललाई पराजित गर्यो। तर ३-२ को जित च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नको लागि पर्याप्त भएन।

प्रकाशित : बुधबार, चैत ३०, २०७८१०:०८

बार्यन म्युनिखलाई पछारेपछि असंयमित भए भिल्लारियल खेलाडी [भिडियो सहित]