२०७८ सालको अन्तिम दिन बढ्यो सुनको मूल्य !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन बढेर दोस्रो दिन घटी तेस्रो दिन बढेको सुनको मूल्य नेपाली बजारमा आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन चैत महिनाकै महँगो

पछिल्लो वृद्धिसँगै सुन एक महिनाकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य चैत महिनाकै महँगो हो।

चाँदीको मूल्य

आज सुनको मूल्य मात्रै नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु २० ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, चैत ३०, २०७८१०:५२

युरोपका राजा करिम बेन्जेमा, ब्यालोन डी ओर जित्ने पक्का ?