एन्सेलोटीले भने – ‘स्पेनिश फुटबल भन्दा इंग्लिश फुटबल भन्नेहरुलाई हामीले देखाइदियौं’

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले लालिगा भन्दा प्रिमियर लिग राम्रो भन्नेहरुलिई जवाफ फर्काएका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सीलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएसँगै एन्सेलोटीले स्पेनिश फुटबल भन्दा इंग्लिश फुटबल राम्रो भन्नेहरुलाई जवाफ फर्काएका हुन्।

पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले स्पेनिश फुटबल भन्दा इंग्लिश फुटबल राम्रो भन्ने धेरैको भनाई रहनेगरेको भएपनि आफूहरु सेमिफाइनल पुग्न सकेको बताए।

“यो क्लब कहिल्यै हार मान्दैन। यहि कारणले त हामीले सेमिफाइनल जस्तो ठूलो पुरस्कार प्राप्त गरेका छौँ। यहाँको वातावरणले हामीलाई मद्दत गर्यो। हाम्रो पहिलो गोल उनीहरुका लागि ठूलो झड्का थियो। रियल म्याड्रिड सेमीफाइनल खेल्नको लागि अभ्यस्त छ। सेमिफाइनल पुग्दा हामीलाई गर्व लागेको छ किनकि सबैले भने कि इंग्लिश फुटबल स्पेनिश फुटबल भन्दा राम्रो भन्थे।”,एन्सेलोटीले भने।

त्यसक्रममा एन्सेलोटीले स्पेनकै अर्को क्लब सेमिफाइनल पुगेको पनि उल्लेख गरे। बायर्न म्युनिखलाई पराजित गरेर स्पेनको भिल्लारियल सेमिफाइनल पुगेकोमा एन्सेलोटीले खुसी व्यक्त गरे।

उनले भने,”अन्तमा, स्पेनका दुई टोली सेमिफाइनलमा पुगे। यो व्यक्तिगत बदला होइन। म भिल्लारियल र युनाइ एमरीका लागि धेरै खुसी छु। उत्कृष्ट टीम र एक महान कोच।”

गए राति रियल र भिल्लारियल दुवै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरे। भिल्लारियलले गएराति बायर्न म्युनिखलाई बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनायो भने चेल्सीसँग पराजित भएर पनि रियल सेमिफाइनलमा प्रवेश गर्यो।

प्रकाशित : बुधबार, चैत ३०, २०७८१३:११

लेवान्डोस्की अनुबन्ध गर्न बार्यन म्युनिखले बार्सिलोनालाई माग्यो यति ठूलो रकम, कति ?