काठमाडौँ – दुई जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै दुई जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाउने भएका हुन्।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै अब विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५ करोड रुपैयाँ बराबरको आईपीओ गर्ने बताइएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहनेछ।
त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न पाउनेछ। कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

