रोनाल्डो माथि कारवाहीको माग, खेल्न नसकेको रिस समर्थकमा नपोखं चेतावनी !

एजेन्सी – एस्टन भिल्लाका पूर्व फरवार्ड गेब्रियल एग्बोनलाहोरले क्रिस्टियानो रोनाल्डोलाई कारवाही गरिनु पर्ने बताएका छन्। एभर्टन विरुद्धको खेलमा पराजय भोगेपछि रोनाल्डोले एभर्टन समर्थक माथि गरेको व्यवहारको विषयमा टिप्पणी गर्नेक्रममा एग्बोनलाहोरले रोनाल्डो माथि कारवाही हुनुपर्ने बताएका हुन्।

गुडिसन पार्कमा घरेलु टोली एभर्टनसँग १–० ले पराजित भएको खेलमा रोनाल्डोले खेल सकिएपछि चेन्जिङ रुम फर्कने क्रममा १४ वर्षीय एभर्टनका समर्थकको फोन खोसेर भुईमा फालेका थिए। सो घटना पश्चात रोनाल्डोको सर्वत्र आलोचना भइरहेको छ।

धेरैले रोनाल्डो माथि कारवाही हुनुपर्ने माग गरिरहेका बेला एग्बोनलाहोर पनि सो कुरामा सहमति जनाउँछन्। एग्बोनलाहोरका अनुसार रोनाल्डोको स्थानमा अरु कोहि भएको भए कारवाही भैसक्थ्यो। रोनाल्डोले आफूले जे गरे पनि हुन्छ भनेर सोच्ने गरेको एग्बोनलाहोरको भनाई छ।

“रोनाल्डोलाई कारवाही हुनै पर्छ। यदि यहाँ कुनै अन्य खेलाडी भएको भए यो ठूलो घटना हुन्थ्यो र कारवाही पनि हुन्थ्यो। तर रोनाल्डो भएका कारण यहाँ केहि भइरहेको छैन। रोनाल्डोलाई लाग्छ कि उनले जे पनि गर्न सक्छन्। उनले पिडित बालकलाई ओल्ड ट्राफोर्डमा खेल हेर्ने प्रस्ताव गर्नु बेकार हो। एभर्टन समर्थकले किन म्यानचेस्टर युनाइटेडको खेल हेर्ने?”,एग्बोनलाहोरले भने।

रोनाल्डोले पिडित बालकलाई मोबाइल किन्दिनु पर्ने पनि एग्बोनलाहोरले बताए। उनका अनुसार रोनाल्डोले ती बालकलाई ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रण गर्ने भन्दा पनि एभर्टनका खेलकजा टिकेट किनिदिनुपर्छ। त्यसक्रममा उनले रोनाल्डोलाई प्रदर्शन गर्न नसकेको रिस बच्चा-बच्चीमा नपोख्न समेत चेतावनी दिए।

“ती बालकलाई युनाइटेडको खेल हेर्न बोलाउनु सजाय हो। एभर्टन समर्थकले युनाइटेडको खेल किन हेर्ने ? रोनाल्डोले पिडित बालकलाई नयाँ फोन किन्दिनु पर्दैन ?”,उनले भने,”राम्रो प्रदर्शन गर्न नसकेको रिस समर्थकमा किन पोख्छु ?”

प्रकाशित : बुधबार, चैत ३०, २०७८२१:०२

लिभरपुललाई बेन्फिकाले बराबरीमै रोक्यो, तैपनि लिभरपुल सेमिफाइनलमा !