नेपाल आइपुगे सलमानका भाइ सोहेल !

काठमाडौँ – बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान नेपाल आएका छन्। खान नेपाल वायुसेवा निगमको जहाजमा बुधबार नेपाल आइपुगेका हुन्।

आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमान खान सहभागी हुने ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रम हुँदैछ। सो कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन सोहेल काठमाडौँ आइपुगेको बताइएको छ।

आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आज एक पत्रकार सम्मेलन समेत गरेको छ। सो पत्रकार सम्मेलनमा पनि सोहेल सहभागी हुनेछन्। पत्रकार सम्मेलनमा सहभागी भएर उनी आजै भारत फर्किने छन्।

जेठ १४ गते हुने कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जनभन्दा बढी भारतीय कलाकारको सहभागिता हुनेछ।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९०७:२५

नयाँ वर्षको दिन मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना !