बार्सिलोना युरोपा लिगको सेमी-फाइनलमा पुग्ला ? कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज राति क्याटलान क्लब बार्सिलोना र जर्मन क्लब फ्रान्कफर्ट आमने-सामने हुँदैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा बार्सिलोना र फ्रान्कफर्ट आमने-सामने हुन लागेका हुन्।

आजको खेलमा दुवै टोली जित निकालेर सेमी-फाइनलमा स्थान पक्का गर्ने दाउमा हुनेछन्। पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएपछि आजको खेलमा जित निक्लने टोलीले अन्तिम ४ मा आफ्नो स्थान पक्का गर्नेछ।

अघिल्लो चरणमा बार्सिलोनाले टर्किस क्लब गालाटासारेलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको थियो। बार्सिलोनाले टर्किस क्लबलाई समग्रमा २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

अर्कोतर्फ, फ्रान्कफर्टले अघिल्लो चरणमा स्पेनिस क्लब रियल बेटिसलाई पाखा लगाउँदै अन्तिम ८ मा प्रवेश गरेको थियो। बेटिसलाई जर्मन क्लबले समग्रमा ३-२ ले पराजित गरेको थियो।

खेल कुन च्यानलमा हेर्ने ?

बार्सिलोना र फ्रान्कफर्ट बीचको खेल नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। यो खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। नेपालमा हुनेहरुले यो खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सक्नेछन्।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९११:०८

रियललाई प्रहार गर्दै जाभीले भने-“हामी राम्रो खेलेर जित्ने गर्छौं, म्याड्रिडको बारेमा के हो”