हनुमान जयन्तीको दिन नगर्नुस् यी ७ अशुभ काम, अन्यथा पूरा हुनेछैन पूजा !

चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमामा हनुमान जयन्ती मनाईन्छ। यस दिन हनुमानको विधि-विधानमा पूजा-अर्चनाबाट हरेक संकट दूर हुन सक्छ। हनुमान धेरै नै दयालु र शक्तिशाली छन् र उनको कृपाले जीवनमा खुशीयाली आउन सक्छ। बजरंगबलीको मन जता पग्लिन्छ त्यता धन भण्डार गर्दिन्छन्। तर उहाँको पुजामा अलिकति पनि कामी भयो भने कैयौँ संकट आउन सक्छ। त्यसैले हनुमान जयंतिम्मा यस्ता गल्ती गर्नबाट बच्नुहोला।   

चरणामृत- हनुमानको पूजा गर्ने धेरै मानिसले जान्दैनन् र उनीहरुले पूजामा कहिले चरणामृतको प्रयोग गर्दैनन्। यसकारण  धेरै अशुभ परिणाम आउन सक्छ।

महिलाको स्पर्शः हनुमानको पूजा गर्दा ब्रह्मचर्य व्रतको कडा पालना गर्नुपर्छ । बाल ब्रह्मचारी भएकाले हनुमान आफैं महिलाको स्पर्शबाट टाढा रहन्थे । त्यसैले पूजा गर्दा महिलाहरूले उनको मूर्तिलाई छुनु हुँदैन।

सुतक अवधि- सुतक अवधिमा हनुमानको पूजा गर्नु हुँदैन भन्ने कुरा कमैलाई थाहा होला । घरमा मानिसको मृत्यु हुँदा सुतक अवधि मानिन्छ। यो कुरा कुनै व्यक्तिको मृत्यु भएको दिनदेखि १३ दिनसम्म मान्य हुन्छ।

कालो र सेतो कपडा – कालो वा सेतो कपडा लगाएर हनुमानको पूजा कहिले पनि गर्नहुँदैन। त्यसो गर्नु एकदमै अशुभ मानिन्छ । बजरंगबलीको पूजामा रातो वा पहेँलो रंगको कपडा मात्र धारण गर्नुहोला।

टुटेको मूर्ति – हनुमानको पुजा टुटेको वा भाँचिएको मुर्तिमा कहिँले नगर्नुहोस। यदि घरमा त्यस्तो मुर्ति छ भने तुरुन्तै हटाईदिनुहोला।

दिउँसो नसुत्नुहोस्- यदि तपाईंले हनुमान जयन्तीको दिन व्रत राख्नुभएको छ भने दिउँसो सुत्ने गल्ती नगर्नुहोस्। यसबाहेक नुनको सेवन पनि  नगर्नुहोस्। दान गरेको वस्तु पनि उपभोग नगर्नुहोस्।

 

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१३:२९

नयाँ वर्ष २०७९ को सुरुवात निकै सुखद हुनेछ यी ७ राशिलाई, हुनेछन् निकै सफल !