एजेन्सी – जर्मन च्याम्पियन्स बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। स्पेनिस क्लब भिल्लारियल विरुद्ध २-१ को हार बेहोरेसँगै बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएको हो। बायर्न पहिलो लेगमा भिल्लारियलसँग १-० को गोल अन्तरले पराजित भएको थियो।
बायर्नले घरेलु मैदानमा पनि पुनरागमन गर्न सकेन। घरेलु मैदानमा केहि दिन अगाडी भएको खेलमा भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपछि बायर्नको च्याम्पियन्स लिग जित्ने सपना यस सिजनका लागि अन्त्य भयो।
बायर्न च्याम्पियन्स लिगबाट बाहिरिँदा सबै भन्दा ठूलो झड्का रोबर्ट लेवान्डोवेस्कीलाई लागेको छ। बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएपछि लेवान्डोवेस्कीले बालोन डी’ओर जित्ने सम्भावना कम भएको छ।
लेवान्डोवेस्की अब बालोन डी’ओरको मूख्य दाबेदारको रुपमा रहने छैनन्। बालोन डी’ओरमा फिर्ता हुन अब लेवान्डोवेस्कीले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरेर मात्र पुग्ने छैन, विश्वकपमा पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ।
जारी सिजनमा लेवान्डोवेस्कीले बायर्नका लागि ४१ खेलमा ४७ गोल गरिसकेका छन्। यसबीचमा उनीबाट मात्रै ४ असिस्ट आएको छ। बुन्डेसलिगामा लेवान्डोवेस्कीले ३२ गोल गर्दा च्याम्पियन्स लिगमा १३ गोल गरेका छन्।