सकिएका छैनन् फर्मिनो, अझै कमाल गर्न सक्ने प्रमाणित गरे !

एजेन्सी – जारी सिजनमा केहि कम्जोर प्रदर्शनको आरोप लाग्दै आएका लिभरपुलका ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले उत्कृष्ट पुनरागमन गरेका छन्। डिएगो जोटाको उत्कृष्ट फर्मसँगै लिभरपुलमा कम मौका पाउन थालेका फर्मिनोले बुधबार राति च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गरेका हुन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा फर्मिनोले पोर्चुगिज क्लब बेन्फिका विरुद्ध २ गोल गरे। फर्मिनोले १० मिनेटको अन्तरमा दुई गोल गरेका हुन्। फिर्मिनोले पहिलो गोल खेलको ५५औं मिनेटमा डिएगो जोटाको पासमा गरेका थिए भने दोस्रो गोल ६५औं मिनेटमा कोस्टास सिमिकासको पासमा गरेका थिए।

लिभरपुलमा रहेर फर्मिनोले अहिले सम्म क्लब फुटबलमा जित्न सम्भव सबै उपाधि जितिसकेका छन्। फर्मिनो पछिल्ला वर्षहरुमा लिभरपुलको घातक ट्रियोको हिस्सा थिए। मोहम्मद सलाह र साडियो मानेसँग मिलेर उनले लिभरपुललाई सफलताको शिखरमा पुर्याउन महत्व भूमिका खेलेका थिए। तर जारी सिजनमा भने फर्मिनोको भूमिका खुम्चिएको छ।

प्रशिक्षक योर्गेन क्लोपको रोजाईमा डिएगो जोटा पर्दा फर्मिनो शुरुवाती ११मा कम पर्दै आएका छन्। फर्मिनोले जारी सिजनमा लिभरपुलका लागि कुल ३० खेल खेलेका छन्। जसमध्ये १६ खेलमा मात्रै उनी शुरुवाती ११ मा परेका छन्।

बाँकी १४ खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका छन्। जारी सिजनमा फर्मिनोले कुल ११ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१६:०५

हारेपछि बार्यन खेल निर्देशक माथि हलमा-“प्रशिक्षकलाई वर्खास्त गर् नत्र तेरो बुढीलाई…..”