एजेन्सी – जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा पराजित हुँदै क्याटलान क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
बार्सिलोना क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा ३–२ ले तथा समग्रमा ४–३ ले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
नोउक्याम्पमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि ७५ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न चुक्दा बार्सिलोना बाहिरिन पुग्यो ।
बार्सिलोनालाई आउट गर्न फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।