युनाइटेडबाट लखेटिने भए रोनाल्डो !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यति बेला नयाँ प्रशिक्षकको खोजिमा छ। युनाइटेडलाई दिर्घकालिन परियोजना सम्हाल्ने प्रशिक्षक चाहिएको छ। युनाइटेडको प्राथमिकतामा आयक्सका एरिक टेन ह्याग छन्।

बेलायती मिडियाहरुको भनाईलाई मान्ने हो भने ह्याग युनाइटेड जान तयार देखिएका छन्। ह्याग र युनाइटेडका अधिकारीहरु बीच भएको छलफल सकारात्मक दिशामा अगाडी बढेको र उनी युनाइटेड जाने पक्का-पक्कि जस्तै भएको बेलायती मिडियाहरु बताउँछन्।

बेलायती मिडिया डेली मिररले गरेको दावी अनुसार युनाइटेड पुगेपछि ह्यागले युनाइटेडको टोलीमा विभिन्न परिवर्तन गर्नेछन्। ह्याग युनाइटेडमा अहिले रहेका धेरै खेलाडीहरुलाई हटाउने पक्षमा रहेको बताइन्छ।

ह्यागले युनाइटेडलाई क्रिस्टियानो रोनाल्डोलाई बिक्री गर्न समेत सुझाव सकेका छन्। आउने समर ट्रान्सफर विन्डोमा रोनाल्डोलाई बिक्री गर्न युनाइटेडलाई ह्यागको सुझाव छ।

युनाइटेडमा रोनाल्डोको सम्झौता अर्को सिजन सम्मका लागि छ। तर रोनाल्डो आफ्नो योजनामा फिट नहुने भएसँगै ह्यागले बिक्री गर्न सुझाव दिसकेको डेली मिररको दावी छ।

ह्यागले रोनाल्डोलाई बिक्री गर्न सुझाव दिएसँगै युनाइटेडले रोनाल्डोलाई समेत सो बारे जानकारी गराइसकेको बताइन्छ। बताइएअनुसार युनाइटेडले रोनाल्डोलाई नयाँ क्लबको खोजि गर्ने सम्बन्धमा आफ्ना एजेन्टसँग कुराकानी गर्न सुझाव दिसकेको छ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१०:०२

विश्वकप छनौट: युक्रेन र स्कटल्याण्डबीचको खेल हुने मिती तय ! कहिले हुँदैछन् आमने-सामने ?