बैशाख १२ गतेसम्म मेष राशिमा बुधादित्य योग, यी चार राशिको चम्किनेछ भाग्य !

काठमाडौँ : बुध ग्रह र आदित्य अर्थात् सूर्यको कुनै पनि राशि या भावमा हुने योगलाई बुधादित्य योग भनिन्छ। बुध ग्रहलाई रोजगार, व्यापार, वाणी र बुद्धि प्रदान गर्ने ग्रह मानिन्छ। सूर्य ग्रह राज-काज, शासन-प्रशासन, पद-प्रतिष्ठा आदि प्रदान गर्ने ग्रह हो। यो योगलाई निकै शुभ योग मानिन्छ।

चैत २४ गते(७ अप्रिल सन् २०२२) बिहिबार मङ्गल ग्रहले कुम्भ राशिमा गोचर गरेको थियो। त्यसको भोलिपल्ट चैत्र २५ गते बुध मीन राशिबाट मेष राशिमा प्रवेश गरेको थियो। त्यसपछि चैत्र १ गते संक्रान्तिको दिन मीन राशिमा गोचर गरेको सूर्य ग्रह बैशाख १ गते बिहिबार आफ्नो उच्च राशि मेषमा गोचर गरेको छ। त्यसको मतलब बैशाख १ गतेदेखि वैशाख १२ गतेसम्म मेष राशिमा बुधादित्य योग बन्नेछ।

बुध ग्रहको मेष राशिमा गोचर ४ राशिका जातकलाई अत्यन्तै लाभदायी साबित हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिको प्रथम भावमा बुधको गोचर हुनेछ। तपाईको साहस, बुद्धि र आत्मविश्वास बढ्नेछ। यो समय तपाईको लागि लगानी र आम्दानीका श्रोतहरु बढाउनको लागि उपयुक्त समय हो। आर्थिक पक्ष मजबूत रहनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिको बाह्रौँ भावमा बुधको गोचर हुनेछ। तपाईको मान-सम्मान बढ्नेछ। वैदेशिक व्यापारबाट भरपूर लाभ लिनुहुनेछ। विदेशमा उच्च शिक्षा प्राप्त गर्ने अवसर पाउनुहुनेछ। समग्रमा यो गोचरले सकारात्मक परिणाम दिनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिको एघारौँ भावमा बुधको गोचर हुनेछ। मिथुन राशिको स्वामी ग्रह बुध हो। यो गोचर मिथुन राशिका जातकका लागि शुभ छ। काममा प्रगति र व्यापारमा उन्नति गर्नुहुनेछ। घरजग्गासँग सम्बन्धित विवादको समाधान निस्कनेछ। चल या अचल सम्पत्ति जोड्नुहुनेछ। पर्याप्त धन आर्जन गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बुध सिंह राशिको नवौँ भावमा गोचर गरिरहेको छ। यो गोचरको कारण तपाईलाई भाग्यले पूरा साथ दिनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। नोकरी व्यवसायमा आउने बाधाहरु हट्नेछन्। नाम, पहिचान र प्रसिद्धि कमाउन सफल हुनुहुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:११

सजिलै सरकारी जागिर खान्छन् यी तीन राशि हुनेहरु ! कतै तपाई त पर्नुभएन ?