तुलसी सुख्खा पातले बनाउँछ मालामाल, यसो गर्नुहोस् !

काठमाडौँ : तुलसीलाई एक पवित्र बिरुवा मानिन्छ। यो हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो। यो बिरुवा घर आँगनमा रोप्दा शुभ हुने मान्यता छ। तुलसीको बोट लगभग हरेक हिन्दुको घरमा पाइन्छ। तुलसीलाई देवीको दर्जा प्राप्त छ। देवोत्थान एकादशीको दिन श्रीकृष्ण र तुलसीको विवाह पनि गरिन्छ।

तुलसीमा सकारात्मक उर्जा रहने विश्वास गरिन्छ। तुलसीलाई घरको आँगनमा राख्नाले नकारात्मक ऊर्जा नष्ट हुन्छ। दुष्ट शक्तिहरू घरबाट टाढा भाग्छन.घरमा सुख, शान्ति र समृद्धि आउँछ। तुलसीलाई सौभाग्यको प्रतीक पनि मानिन्छ। तुलसीमा दैनिक बिहान-बेलुका दियो प्रज्वलित गरी पूजा-पाठ गर्नुपर्छ।

तुलसीका थुप्रै औषधीय लाभ पनि हुन्छन्। यो स्वास्थ्यको लागि राम्रो हुन्छ। तुलसीको सुख्खा पातमा पनि अचम्मको गुणहरु हुन्छन्। यसको सेवन गर्दा अनेक फाइदाहरु हुन्छन्।

१. धार्मिक मान्यता अनुसार तुलसीको सुख्खा पात भगवान श्रीकृष्णको अति प्रिय चिज हो। तपाईले यो भगवान श्री कृष्णलाई भोगको रुपमा चढाउन् सक्नुहुन्छ। एक तुलसीको पात काटेर १५ दिनसम्म भगवान श्रीकृष्णका लागि प्रयोग गर्न सकिन्छ।

२. तपाईले स्नान गर्नेबेलामा पनि तुलसीको पातको प्रयोग गर्न सक्नुहुन्छ। यस्तो गर्नाले तपाईको शरीरमा रहेको सबै नकारात्मक ऊर्जा नष्ट हुन्छ।

३. आफ्नो आर्थिक स्थिति मजबूत गर्न चाहनुहुन्छ भने तुलसीको सुख्खा पातलाई रातो कपडामा बेरी त्यो पोकालाई पैसा राख्ने ठाउँमा राख्नुहोस्। यसो गरे घरमा लक्ष्मी माताको कृपाको सदैव रहनेछ। पैसाको कमी कहिल्यै हुँदैन्।

४. तुलसीको सुख्खा पातलाई पानीमा चोपी घर वरिपरी छ्याप्दा नकारात्मक ऊर्जा नष्ट हुन्छ। घरमा सकारात्मक ऊर्जाको स्तर बढ्छ। घरमा शान्त माहोल सिर्जना हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:२२

चाँदी र चन्दनको यो उपाय अपनाउनुहोस्, फुटेको भाग्यलाई पनि चम्काउनेछ !