काठमाडौँ : भाग्य कहिल्यै कसैका लागि समान हुँदैन। कहिले कसैका लागि धेरै राम्रो त कहिल्यै कसैका लागि अत्यन्तै खराब हुन्छ। भाग्यले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ। जसरी भाग्य राम्रो भए बिना मिहिनेत सफलता र धन मिल्छ। जबकि तपाईको खप्परमा भाग्य नै छैन भने जतिनै कडा मेहनत गरे पनि पर्याप्त पैसा र सफलता हासिल हुँदैन्। यस्तो अवस्थामा ज्योतिषका केही विशेष उपाय अपनाएर आफ्नो भाग्यलाई चम्काउन सक्नुहुन्छ।
ज्योतिष शास्त्रमा चाँदी र चन्दन बारे केही विशेष उपायहरु बताईएको छ। चाँदी र चन्दन दुवै यस्ता चीज हुन् जसको प्रयोग लगभग हरेक माङ्गलिक वा शुभ कार्यमा गरिन्छ। यी दुवै कुरा भगवानको प्रिय हुन्। हिन्दू धर्मको पूजापाठमा यी दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ।
रक्तचन्दन माता दुर्गाको प्रिय चिज हो। यसको प्रयोग गरेर माता रानीको ध्यान आकर्षित गर्न सकिन्छ। रक्तचन्दनको माला लगाई दुर्गा माताको मन्त्र जप गर्नुहोला। यसो गर्नाले माता रानीले तपाईमा कृपादृष्टि राख्नेछ। माता लक्ष्मीको कृपाले तपाईका सम्पूर्ण समस्याहरु समाधान हुनेछ।
तपाईको कुण्डलीमा सूर्य ग्रह कमजोर छ भने रक्तचन्दनको टिका लगाई सूर्यलाई मजबूत बनाउन सक्नुहुन्छ। त्यसैगरी मङ्गल ग्रहलाई बलियो बनाउन सेतो चन्दनको टिका लगाउनुहोला। यसका साथै बृहस्पति ग्रहको लाभ लिनका लागि पहेलो चन्दनको टिका लगाउनुहोला। घाँटीमा चन्दनको माला लगाउँदा भगवान विष्णु प्रसन्न हुन्छन्। श्रीविष्णुको आशिर्वादले जीवनमा सुख र धन दुवै प्राप्त हुन्छ।
शरीरमा चाँदीबाट बनेका गरगहनाहरु धारण गर्दा शुभ हुन्छ। यसो गर्दा दिमाग शान्त रहन्छ। मनलाई मानसिक शान्ति मिल्छ। यहीँकारण चाँदीको सम्बन्ध चन्द्रमा र शुक्र ग्रहसँग हुन्छ। यी दुवै सुख र शान्तिको कारक ग्रह हो।
कडा परिश्रमको बाबजूद पनि तपाईले आर्थिक सङ्कटको सामना गर्दै हुनुहुन्छ भने शुक्लपक्षको शुक्रबारको दिन चाँदीको एक टुक्रा आफूसँग राख्नुहोला। यसो गर्दा भाग्य मजबूत हुन्छ। सबै काम समयमै र छिटो पूरा हुन्छ। पैसाको कमी हुँदैन्।
घरमा सुख-समृद्धि र सौभाग्य चाहनुहुन्छ भने शुक्लपक्षको शुक्रबारको दिन यो उपाय अपनाउनुहोला। एउटा चाँदीको भाँडो लिनुहोला। त्यसमा केसर घोल्नुहोला। त्यसपछि यसको तिलक आफ्नो निधारमा लगाउनुहोला।