धेरै नै सफा मनका हुन्छन् यी ३ राशि !

काठमाडौँ : प्रत्येक व्यक्तिको एउटा राशि हुन्छ र ज्योतिष शास्त्रमा हरेक राशिसँग सम्बन्धित व्यक्तिको स्वभाव, गुण, अवगुण र भविष्यको बारेमा बताईएको छ। १२ राशिमध्ये ३ राशिका मानिसहरु निकै विनम्र स्वभावका हुन्छन्। यिनीहरु कसैसँग बैरभाव र दुश्मनी राख्दैनन्।

यिनीहरु पुराना कुराहरु भूलेर मानिसहरुका गल्तीलाई माफ दिनेमा विश्वास गर्छन्। साथै यिनीहरु मनको सफा हुन्छन्। यिनीहरु कसैसँग पनि झगडा गर्दैनन्। आफ्नो स्वभाव अनुरुप साना-तिना कुरालाई बेवास्ता गर्छन्। जान्नुहोस्, ती राशिका बारेमा जुन राशिका जातक सबैप्रति सद्भावना राख्छन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिको जातकमा चन्द्रमाको आधिपत्य रहन्छ। ज्योतिष शास्त्रमा चन्द्रमालाई मनको कारक मानिन्छ। ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका जातक निकै भावुक स्वभावका हुन्छन्। यिनीहरुले आफ्ना निकट व्यक्तिहरुको विशेष ख्याल राख्छन्। यिनीहरु सम्बन्धलाई धेरै महत्व दिन्छन्। यसका साथै यस राशिका मानिसमा क्षमा दिने गुण पनि हुन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिको स्वामी ग्रह सूर्य हो। यस राशिका जातक आफ्नो हरेक कुरा स्पष्टसँग राख्न रुचाउँछन्। यस राशिका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरु पछाडि फर्केर कहिल्यै हेर्दैनन्। साथै पुराना कुराहरु भूलेर अगाडी बढ्न चाहन्छन्। यद्यपि यिनलाई कसैले चोट पुर्याएमा निकै आक्रामक हुन्छन्। यस राशिका जातकमा माफ गर्ने गुण हुन्छ। यिनले साना-तिना गल्तीलाई क्षमा गरेर जीवनमा अगाडी बढ्छन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिको स्वामी बृहस्पति देव मानिन्छ। यस राशिका मानिसहरु कुनै पनि कुराको जवाफ बिना सोचविचार दिन्छन्। यहीँकारण कहिलेकाहीँ यिनको कुरा अरुलाई असभ्य र अपाच्य लाग्छ। तर यिनीहरु मनको सफा हुन्छन्। यिनीहरु कसैप्रति ईर्ष्या या द्वेष भावना राख्दैनन्। यसबाहेक उनीहरु कुनै पनि कुरालाई भुलेर अगाडि बढ्नमा विश्वास गर्छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९२२:५६

बिहेपछि झनै चम्किन्छ यी राशि हुने युवतीहरुको भाग्य !