शीर्षस्थानको मिलानको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले सहज जित हात पारेको छ । मिलानले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको हो ।

मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा राफयल लियो र जुनियर मेसिएसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको ११औं मिनेटमा राफयल लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । उनले पिएर कालुलुको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि परिवर्तित खेलाडी जुनियर मेसिएसले ८७औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे । जुनियर मेसिएस ६१औं मिनेटमा एलेक्सिस साइलमेकर्सको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको मिलानको ३३ खेलबाट ७१ अंक पुगेको छ । दोस्रो स्थानको इन्टर मिलानको ६९ अंक छ । पराजित जिनोआ ३३ खेलबाट २२ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

प्रकाशित : शनिबार, बैशाख ०३, २०७९०७:३०

इन्टर मिलान उपाधि होडमै, एसी मिलानलाई कडा टक्कर !