कुनै पनि प्रशिक्षकले बनाउन नसकेको रेकर्ड मोरिन्होले बनाए !

एजेन्सी – इटालियन क्लब एस रोमा युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा पुगेको छ। शुक्रबार राति कन्फरेन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा नर्वेली क्लब बोडो-ग्लिमटलाई पराजित गरेसँगै रोमा कन्फरेन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो।

घरेलु मैदानमा भएको खेलमा शुक्रबार राति रोमाले बोडो-ग्लिमट माथि ४-० को जित निकाल्यो। रोमाका लागि टम्मी अब्राहम र निकोलो जानिओलोले गोल गरे। जानिओलोले ह्याट्रिक पूरा गर्दा अब्राहमले एक गोल गरेका थिए।

पहिलो लेगमा भने रोमा बोडो-ग्लिमटसँग पराजित भएको थियो। बोडो-ग्लिमटको घरेलु मैदानमा हुने रोमा २-१ को गोल अन्तरले हारेको थियो। तर शुक्रबार जित निकालेसँगै खेल रोमा सेमिफाइनल तर्फ अगाडी बढ्यो।

मोरिन्होले बनाए रेकर्ड

रोमा कन्फरेन्स लिगको सेमिफाइनलमा पुगेपछि रोमाका प्रशिक्षक जोसे मोरिन्होले एक नयाँ रेकर्ड बनाएका छन्। रोमा सेमिफाइनल पुगेपछि मोरिन्होले युरोपेली प्रतियोगिताहरुमा सबै भन्दा बढी सेमिफाइनल पुग्ने प्रशिक्षकको रेकर्ड बनाएका हुन्।

युरोपेली प्रतियोगिताहरुमा मोरिन्होले सेमिफाइनल पुगेको यो एघारौ पटक हो। कुनै पनि प्रशिक्षक युरोपेली प्रतियोगिताहरुमा मोरिन्हो जति सेमिफाइनल पुगेका छैनन्।

त्यस्तो मोरिन्हो तीन युरोपेली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो प्रशिक्षक पनि बनेका छन्। यस अगाडी उनी कयौं पटक युरोपा लिग र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेका थिए।

प्रकाशित : शनिबार, बैशाख ०३, २०७९०८:०५

एक हप्तामै दोस्रो पटक भिड्दै सिटी र लिभरपुल ! खेल कुन च्यानलमा हेर्ने ?