एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ रेकर्ड बनाएका छन्। शनिबार राति प्रिमियर लिग अन्तर्गत नर्विच सिटी विरुद्धको खेलमा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन्।
नर्विच सिटी विरुद्धको खेलमा दुई गोल गर्ने बितिकै रोनाल्डो लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बने। नर्विच विरुद्धको खेलमा तीन गोल गरेका थिए। तर दुई गोल गर्ने बितिकै रोनाल्डोले सो रेकर्ड बनाएका थिए।
खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले एन्थोनी इंलांगाको पासमा गोल गरेका थिए। ३२औं मिनेटमा रोनाल्डोले एलेक्स टेलासको पास रोनाल्डोले दोस्रो गोल गरे। सो गोलसँगै रोनाल्डोको व्यक्तिगत गोलसंख्या २० पुगेको थियो। रोनाल्डो त्यतिमा मात्र रोकिएनन्, उनले ७६औं मिनेटमा फ्रिकिकमा सानदार गोल गरे।
जारी सिजनमा रोनाल्डोको गोल संख्या २१ पुगेको छ। रोनाल्डोले युनाइटेड गएयता कुल ३४ खेल खेलेका छन्। प्रिमियर लिगमा रोनाल्डोले १५ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगमा उनले ६ गोल गरेका थिए।