ह्याट्रिक गरेपछि रोनाल्डोले भने – ‘हार खाँदैनौं, अन्तिम सम्म लड्छौं’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड शिर्ष चारको दौडमा फिर्ता भएको प्रति खुशी व्यक्त गरेका छन्। शनिबार राति नर्विच सिटीलाई पराजित गरेसँगै रोनाल्डोले खुशी व्यक्त गरेका हुन्।

नर्विच सिटी विरुद्धको खेलमा ह्याट्रिक गरेका रोनाल्डोले सामाजिक संजाल मार्फत युनाइटेड सहि ट्र्याकमा आएको र त्यसले आफूलाई प्रफुल्ल बनाएको बताएका छन्।

“यो जितका लागि म धेरै खुशी छु। यससँगै हामी प्रिमियर लिगमा सहि ट्र्याकमा फिर्ता भएका छौँ। यसले पनि मलाई खुशी बनाएको छ।”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।

त्यसक्रममा उनले व्यक्तिगत उपलब्धिहरू टीमको रुपमा लक्ष्यमा पुग्न सकेको खण्डमा मात्र महत्त्वपूर्ण हुने पनि उल्लेख गरेका छन्। आफ्नो करियरको ६० औं ह्याट्रिकले युनाइटेडलाई तीन अंक दिलाएका कारण सो ह्याट्रिकलाई जनै महत्वपूर्ण बनाएको रोनाल्डोको भनाई छ।

“मैले पहिला देखि नै भन्दै आएजस्तै व्यक्तिगत उपलब्धिहरू अझ बढी त्यति बेला महत्वपूर्ण हुन्छन्, जतिबेला त्यसले टीमलाई लक्ष्यमा पुग्न मद्दत गर्दछ। र मेरो करियरको ६० औं ह्याट्रिकले तीन अंक दिलाएको कारण यो अझ महत्वपूर्ण बनेको छ।”,रोनाल्डोले लेखेका छन्। त्यस्तै रोनाल्डोले हार नखाने र अन्तिम सम्म संघर्ष गर्ने प्रण पनि गरेका छन्।

शनिबार राति रोनाल्डोले नर्विच विरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए। खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले एन्थोनी इंलांगाको पासमा गोल गरेका थिए। ३२औं मिनेटमा रोनाल्डोले एलेक्स टेलासको पास रोनाल्डोले दोस्रो गोल गरे। सो गोलसँगै रोनाल्डोको व्यक्तिगत गोलसंख्या २० पुगेको थियो। रोनाल्डो त्यतिमा मात्र रोकिएनन्, उनले ७६औं मिनेटमा फ्रिकिकमा सानदार गोल गरे।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१०:५९

अब यस्तो भए बार्सिलोना बन्नेछ लालिगा च्याम्पियन, सम्भव होला त ?