वैशाख महिनाको पहिलो हप्ता कुन राशिलाई कति शुभ रहला ? हेर्नुहोस् आफ्नो साप्ताहिक राशिफल !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता मेष राशिका मानिसको लागि शुभ रहनेछ। कतैबाट शुभ समाचार सुन्न पाइनेछ। आर्थिक क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। विद्यार्थी वर्गको लागि पनि यो समय निकै अनुकूल रहेको छ। मनमा शान्ति तथा उत्साह छाउनेछ। धार्मिक यात्राको पनि योग बन्ने देखिन्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिका मानिसलाई यो साता मिश्रित फलदायी रहन्छ। काममा ढिलासुस्ती हुनेछ। सोचे अनुसार काम सफल नहुँदा मन खिन्न रहला। साताको अन्त्य तिर भने बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सफल हुनेछ। शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता शुभ नै रहनेछ। परिवारमा शुभ कार्यको आयोजना हुनसक्छ। आकस्मिक धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। कार्यक्षेत्रमा साथी-भाइ तथा आफन्तको साथ सहयोग मिल्नेछ। उच्च अधिकारीले तपाईंको कामको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग पनि रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

वैशाख महिनाको पहिलो साता यस राशिका मानिसलाई शुभ नै रहनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। आफन्तको सहयोगमा विशेष कार्य सफल हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

विभिन्न क्षेत्रमा सफलता प्राप्त हुनेछ। आफ्नो योजना गोप्य राखेर काम गर्दा पक्का सफलता प्राप्त हुनेछ। घरमा शुभ कार्यको आयोजना हुने सम्भावना रहेको छ। धन कर्ममा तपाईंको रुची बढ्नेछ। सामाजिक कार्यमा तपाईंको सलग्न रहनेछ। साताको अन्त्य भने त्यति शुभ नरहला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता तपाईंको लागि राम्रो नै रहनेछ। रमाइलो यात्राको योग बन्ने देखिन्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम सम्एबन्कध पछि अझ अर्को बलियो हुनेछ। मन प्रसन्न रहनेछ। वाहन लाभ पनि हुने सम्भावना रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता तुला राशिका मानिसको लागि राम्रो फलदायी हुने देखिन्छ। हरेक क्षेत्रमा तपाईंले सफलता प्राप्त गर्न सक्षम हुनुहुनेछ। व्यापार व्यवसायमा लागेका मनिसको लागि यो साता निकै शुभ रहनेछ। तपाईंमा कार्यक्षेत्रको जिम्मवारी थप हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

छोटो तथा लाभदायक यात्राको योग रहेको छ। तपाईंको कामको प्रशंसा चौतर्फी हुनेछ। धार्मिक कार्यमा तपाईंको मन लाग्नेछ। मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। दाम्पत्य जीवनमा एक-अर्कासँग मनमुटाव उत्पन्न हुनसक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता धनु राशिका मानिसका लागि शुभ रहन्छ भन्न मिल्ला। साथी भाइ तथा स्त्री वर्गबाट विशेष सहयोगको आशा गर्न सकिन्छ। हात हालेका हरेका कार्यमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। साता भर तपाईंको मन प्रशन्न रहनेछ। लामो समय देखि रोकिएका कार्य यस साता अगाडी बढ्नुका साथै सफलता पनि मिल्ने देखिन्छ। हप्ताको अन्तिममा अ भने समय केही प्रतिकूल हुनसक्छ। प्रेम सम्बन्धमा खटास रहला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता चिताएको कामले सफलताको गति प्राप्त गर्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने हुनसक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला। सामान हराउने वा चोरी हुने भय छ। साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९११:४४

राशिचक्रका शुरुवाती ६ राशिका लागि कस्तो रहला सन् २०७९ ? हेर्नुहोस् वार्षिक राशिफल !