सबै ९ ग्रहहरू निश्चित अन्तरालमा एक राशिबाट अर्को राशिमा सर्छन्। वैदिक ज्योतिषमा यो पारगमनलाई कर्ण भनिन्छ। ज्योतिषशास्त्रमा जब कुनै ग्रहको राशि परिवर्तन हुन्छ, त्यसको प्रत्यक्ष असर व्यक्तिको जीवनमा पर्छ । वैशाख ७ गते मंगल ग्रहले सेनापतिको हैसियत पाउनेछ र भूमिपुत्र मंगल ग्रह मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। मंगल ग्रह यस राशिमा १७ मे बिहान 9:30 बजे सम्म गोचर हुनेछ र त्यसपछि मीन राशिमा प्रवेश गर्नेछ। वैदिक ज्योतिषका अनुसार मंगल ग्रह भूमि, युद्ध, साहस र पराक्रमबाट प्रभावित हुन्छ। मंगल ग्रहलाई क्रूर ग्रह पनि भनिन्छ। ज्योतिषशास्त्रका अनुसार मंगल ग्रहले आगो र तनाव उत्पन्न गर्छ। मंगल ग्रहको राशि परिवर्तनले सबै मानिसमा प्रभाव पार्छ, कसैलाई शुभ, कसैलाई अशुभ र कसैलाई मिश्रित प्रभाव मिल्छ। तर यस्ता ५ राशि छन् जसले मे १७ सम्म सावधानी अपनाउनु आवश्यक छ, जानौँ ती राशिहरु कुन हुन् ।
कर्क राशि
ग्रहको सेनापति मंगल कर्क राशिमा पंचम र दशाम भावको स्वामी हुन् र यस गोचरको क्रममा मंगल ग्रह कर्क राशीको अष्ठम भावमा गोचर गर्नेछन्। मंगलको गोचरको क्रममा तपाईको वरिष्ठ वा सहकर्मीसँग व्यवहार गर्दा कार्यक्षेत्रमा केहि समस्याको सामना गर्नुपर्ने हुन्छ।तपाईंले आफ्नो काममा राम्ररी ध्यान दिन सक्नुहुन्न, जसले तपाईंको मनमा निराशा पैदा हुन सक्छ। आर्थिक रूपमा असुरक्षित महसुस गर्नुहुनेछ । तपाईंको व्यक्तिगत जीवनमा जीवनसाथीसँगको सम्बन्धमा केहि गलत धारणा र अहंकार समस्याको कारण बिग्रन सक्छ। स्वास्थ्यमा केही सामान्य चोटपटक लाग्न सक्छ, जसका कारण सावधानी अपनाउनु पर्ने देखिन्छ।
तुला राशि
मंगल ग्रह तुला राशिका व्यक्तिको दोस्रो र सातौं भावको स्वामी हो र अहिले पाँचौं घरमा गोचर गरिरहेका छन् । तुला राशिका लागि यो समय उतारचढावपूर्ण रहनेछ। कार्यस्थलमा थप सजग रहनु पर्ने देखिन्छ । तपाई विरुद्द कार्यस्थलमा सहकर्मीले योजना बनाउन सक्छन्। कुनै पनि प्रकारको ऋण लिनबाट जोगिनुहोस्। यस अवधिमा तुला राशिका व्यक्तिले कुनै पनि प्रकारको लगानी लिनु जोखिम रहन सक्छ। तपाईको व्यक्तिगत जीवनमा प्रेम सम्बन्धमा केहि समस्या आउन सक्छ। ठगीको सम्भावना पनि रहेको हुनाले नयाँ सम्बन्ध निर्माण गर्दा होसियार रहनुहोला । छोराछोरीले केही शारीरिक समस्या सामना गर्न सक्छन्, सावधान रहनुहोस्।
वृश्चिक राशि
मंगल ग्रह वृश्चिक राशिका व्यक्तिका लागि छैटौं र आरोही भावको स्वामी हो र र अहिले छैटौं भाव र प्रथम भावको स्वामी हुन् र चौथो भावमा गोचर गरिरहेको छ। यस अवधिमा तपाईं धेरै आक्रामक हुनुहुनेछ जसकारण वरपरका व्यक्ति लगायत परिवारका सदस्य, साथी आदिसँग सम्बन्ध बिग्रन सक्छ। वृश्चिक राशिका व्यक्तिको आक्रामक व्यवहारले पनि कार्यस्थलमा समस्या ल्याउन सक्छ। कुनै पनि अनावश्यक परिस्थितिबाट बच्न ध्यान गर्नुहोस्। आर्थिक रूपले समय औसत रहनेछ। व्यक्तिगत जीवनमा सन्तानसँग मनमुटाव हुन सक्छ। आमाको स्वास्थ्यमा ख्याल राख्नुहोस्।
मकर राशि
सेनापति मंगल मकर राशिको चतुर्थ र एकादश भावको स्वामी हो। यस गोचरको क्रममा परिवारमा केही नकारात्मक पहलू उत्पन्न हुन सक्छ । तपाईको घरमा मानसिक तनाव पनि आउन सक्छ। तपाईको बोलीमा थोरै रूखोपन आउन सक्छ। शरीरमा पीडा ,थकान र अनिन्द्रा जस्ता समस्या हुन सक्छ। लगानी गर्नुपूर्व ध्यान दिनुहोला। सवारी साधन चलाउदा ध्यान दिनुपर्नेछ।
मीन राशि
मंगल ग्रह मीन राशिको द्वितीय र नवम भाव स्वामी हो र इस समय द्वादश भावमा गोचर गरिरहेका छन्। यस गिचार्को क्रममा मीन राशिको जातकको कैयौँ समस्याको सामना गर्नुपर्नेछ। मीन राशिका जातकलाई विरोधी र प्रतियोगी दवाब बनाउन र छवि खराब गर्ने कोसिस गर्नेछ।पारिवारिक जीवन अशान्त रहला। स्वात्श्य्को दृष्टिले मानसिक तनाव रहनेछ।