तुला राशिका मानिसलाई कस्तो रहला २०७९ साल ? हेर्नुहोस् वार्षिक राशिफल !

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशिका मानिसका लागि २०७९ साल मिश्रित फलदायी रहने देखिन्छ। वर्ष भरिनै त्यति राम्रो फल नमिल्ला र गरेको कार्यमा उल्झन पनि रहन सक्छ तर भौतिक सुख भने मिल्नेछ।

व्यापार वा व्यावसायको दृष्टिले यस वर्ष नयाँ काममा लगानी नगरेकै राम्रो रहला। साझेदारी व्यवसाय सुरु गर्न यो वर्ष शुभ रहने सम्भावना रहेको छ। शेयर बजारमा गरेको लगानीले पनि सफलता दिलाउनेछ। मोटो रकम कसैलाई ऋण नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना छ। व्यवसायीक दृष्टिले श्रावण, भाद्र र पुष महिना राम्रो हुनेछ।

दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पनि कठिन हुनसक्छ। नयाँ प्रेम सम्बन्ध स्थापना यो समय नगरेकै राम्रो होला।

२०७९ साल शैक्षिक क्षेत्रको दृष्टिकोणबाट हेर्दा त्यति राम्रो प्रतिफल नमिल्न पनि सक्छ। विद्यार्थी वर्गले पढाईमा ध्यान दिन नसक्लान्। इन्जिनियरिङ् विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ। भाद्र र फागुन महिना यो क्षेत्रका लागि शुभ रहनेछ।

कार्यक्षेत्रमा तपाईंलाई नगरेको कामको पनि आरोप लाग्न सक्छ, सजग रहनुहोला। पेशा वा रोजगारमा कामको दबाब र तनाव बढ्न सक्छ। सामूहिक व्यवसायमा पनि खासै राम्रो सफलता प्राप्त हुनेछैन।

स्वास्थ्यको हिसाबले यो वर्ष त्यति शुभ नरहला। आलस्यता बढ्नेछ। घर परिवारको स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने । रगत सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ, सावधान रहनुहोला।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१४:०१

वि.सं. २०७९ शुभ-अशुभ कस्तो रहला वृश्चिक राशिका मानिसलाई ?