बार्सिलोना र रियलले को-कोसँग खेल्न बाँकी छ ? पूरा होला बार्सिलोनाको लालिगा जित्ने सपना ?

एजेन्सी – स्पेनिस घरेलु लिग लालिगा निष्कर्ष तर्फ अगाडी बढ्दै छ। लालिगामा अन्तिम चरणका खेलहरु मात्रै बाँकी छ। अधिकांश टोलीहरुले ३० भन्दा खेल खेलिसकेका छन्। सिजनको अन्त्य तर्फ अगाडी बढ्दै गर्दा लालिगाको शिर्ष स्थानमा रियल म्याड्रिड यथावत छ भने दोस्रो स्थानमा बार्सिलोना छ।

रियल भन्दा एक कम खेलेको बार्सिलोनाको ६० अंक छ भने रियलको ७२ अंक छ। १२ अंकले अगाडी रहेको रियल म्याड्रिडसँग सिजनका ७ खेल बाँकी छन्। त्यस्तै बार्सिलोनासँग भने ८ खेल बाँकी छ।

रियलले लालिगामा सामना गर्न बाँकी रहेका टोलीहरुमा सेभिया, ओसासुना, इस्प्यानोल, एटलेटिको म्याड्रिड, लेभान्टे, काडिज र रियल बेटिस छन्। यी मध्ये तीन खेल मात्रै रियलको घरेलु मैदानमा हुनेछन्।

त्यस्तै बार्सिलोनाले भने काडिज, रियल सोसिडाड, रायो भालेकानो, मालोर्का, रियल बेटिस, सेल्टा भिगो, गेटाफे र भिल्लारियलको सामना गर्न बाँकि छ। यी मध्ये पाँच खेल बार्सिलोनाले आफ्नो घरेलु मैदानमा खेल्नेछ।

यदि यस्तो भए मात्रै बार्सिलोनाले जित्नेछ लालिगा

क्याटलान क्लब बार्सिलोना जारी सिजनमा उपाधिविहिन हुने दिशा तर्फ अगाडी बढ्दैछ। च्याम्पियन्स लिग, कोपा डेल रे, स्पेनिस सुपरकप र युरोपा लिग जस्ता जस्ता प्रतियोगिताहरु बार्सिलोनाको हातबाट फुत्किसकेको छ।

अब बार्सिलोनाका लागि जित्न यदि कुनै उपाधि बाँकी छ भने त्यो लालिगा हो। तर लालिगा जित्ने सम्भावना पनि गणितीय हिसाबमा मात्रै सम्भव छ। वास्तावमा बार्सिलोनाले लालिगा जित्न सक्ने स्पष्ट आधार भने देखिँदैन। लालिगा जित्न ८ खेल मध्ये एक खेल पनि हार्ने छुट बार्सिलोनालाई हुनेछैन।

गणितीय रुपमा हेर्ने हो भने लालिगा जित्न बार्सिलोनाले सिजनका बाँकी सबै खेल जितेरमात्र पुग्ने छैन रियलले कम्तीमा चार खेल हार्नुपर्नेछ। यदि सेभिया, ओसासुना, इस्प्यानोल, एटलेटिको म्याड्रिड, लेभान्टे, काडिज र रियल बेटिस मध्ये चार क्लबले रियललाई हराएको खण्डमा र बार्सिलोनाले सिजनका बाँकी सबै खेल जिते मात्रै बार्सिलोना लालिगा च्याम्पियन्स बन्नेछ।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१२:५६

झन्डै २ वर्षपछि रोनाल्डोले गरे यस्तो उत्कृष्ट फ्री-किक गोल [भिडियो सहित]