नयाँ वर्ष २०७९ कस्तो रहला कुम्भ राशिलाई ? हेर्नुहोस् यो वर्षको राशिफल !

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशि भएका जातकलाई यस वर्ष शुभ नै रहने देखिन्छ। रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछन्। घर परिवारमा शुभ कार्यको आयोजना हुने सम्भावना छ। आफन्तबाट भरपूर साथ र सहयोग मिल्नेछ।

व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो रहन्छ भन्न सकिन्न। जग्गाजमिनको काममा केही विवाद उतपन्न हुन सक्छ। विशेषगरी कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा लगानीका गर्न यो समय राम्रो होला। सेयर बजार भने त्यति राम्रो नहोला। आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र माघ महिना शुभ रहन्छ।

२०७९ साल प्रेमको हिसाबले राम्रो रहनेछ। नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सकिन्छ, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन नगर्न पनि सक्छन्। पारिवारिक सम्बन्ध राम्रो हुँदा वातावरण सकारात्मक हुनेछ।

शिक्षाको हिसाबले कुरा गर्दा यो वर्ष सफल र फलदायी नै रहनेछ। वैदेशिक शिक्षाको इच्छा राख्ने मानिसले यो वर्ष सफलता प्राप्त गर्नेछन्। स्वास्थ्य क्षेत्रमा रहेका विद्यार्थी वर्गले विशेष सफलता प्राप्त गर्ने सम्भावना देखिन्छ।

यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेको छ। सामाजिक, वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला।

वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोगबाट मुक्ति मिल्नेछ। रक्त सम्बन्धि समस्या बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१७:१८

मीन राशिलाई कति शुभ रहला २०७९ साल ? हेर्नुहोस् वार्षिक राशिफल !