पल शाह प्रकरणमा नयाँ ट्वीस्ट, पिडित गायिकाले फेरिन् बयान !

काठमाडौँ – नायक पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित भनिएकी गायिकाले बयान फेरेकी छिन्। पिडित गायिकाले जिल्ला अदालत तनहुँमा बकपत्र गर्नेक्रममा बयान फेरेकी हुन्।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले उक्साहटमा परेर जाहेरी दिएको दावी गरेकी छन्। पिडित भनिएकी बालिकाले नै बयान फेरेसँगै सो मुद्दामा नयाँ ट्वीस्ट आएको छ। बकपत्र गर्नेक्रममा पिडितले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको दावी गरेको बताइएको छ।

नाबालिग गायिकाले प्रहरीमा जाहेरी दिएपछि शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। शाह विरुद्ध तनहुँ र नवलपरासी पूर्वमा करणी मुद्दा दर्ता भएको थियो। दुवै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिसकेका छन्।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१८:४६

पीडित भनिएकी गायिकाले बयान फेरेपछि पूजाले दिइन् भगवानलाई धन्यवाद !