पीडित भनिएकी गायिकाले बयान फेरेपछि पूजाले दिइन् भगवानलाई धन्यवाद !

काठमाडौँ – जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । तनहुँ अदालतमा आइतबार भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् ।

जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

पीडित भनिएकी गायिकाले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भगवानलाई धन्यवाद दिएकी छन्। नायिका शर्माले सामाजिक संजाल मार्फत भगवानलाई धन्यवाद दिएकी हुन्।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९२०:१३

युनाइटेडका प्रशिक्षक भन्छन् – ‘लिभरपुलले सिटीलाई त हरायो, हामी के होर ?’