एजेन्सी – रियल म्याड्रिड स्पेनिस लालिगा उपाधि नजिक पुगेको छ। आइतबार राति सेभियालाई उसकै घरेलु मैदानमा पराजित गरेसँगै रियल म्याड्रिड लालिगा उपाधि नजिक पुगेको हो।
पछि परेको अवस्थामा पनि रियलले नतिजा उल्ट्याउन सक्यो। रियल पहिलो हाफमै २-० ले पछि परेको थियो। तर दोस्रो हाफमा तीन गोल गर्दै रियलले ३-२ को जित निकाल्यो। रियलको पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे। सेभियाका लागि भने इभान राकिटिच र एरिक लमेलाले गोल गरेका थिए।
रियलको तर्फबाट भएका सबै गोल दोस्रो हाफमा भएका थिए। पहिलो हाफको २१ औं र २५ औं मिनेटमा सेभियाले गोल गर्दा रियलले ५०, ८० र ९२ औं मिनेटमा गोल गर्यो। ९२ औं मिनेटमा करिम बेन्जेमाले गरेको गोल निर्णायक बन्यो।
सेभियालाई पराजित गरेसँगै रियलले ७५ अंक बनाएको छ। यो दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा १५ अंकले बढी हो। यधपी बार्सिलोनाले रियल भन्दा दुई खेल कम खेलेको छ।
यस्तो भए छिट्टै च्याम्पियन्स बन्नेछ रियल
बार्सिलोनाले अहिले सम्म मात्रै ३० खेल खेलेको छ। बार्सिलोनाले लिगका ८ खेल खेल्न बाँकी छ। जबकी रियलले मात्र ६ खेल खेल्न बाँकी छ। बार्सिलोनाले केहि खेलमा हार बेहोरे अथवा बराबरी खेले मात्रै पनि रियल केहि खेल बाँकी रहँदै लालिगा च्याम्पियन बन्नेछ।

