निकै महत्वपूर्ण खेलमा बार्सिलोनाले काडिजसँग खेल्दै, कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – लालिगाको ३२ औं चरणको खेलमा आज राति क्याटलान क्लब बार्सिलोना र काडिज आमने-सामने हुँदैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा बार्सिलोना र काडिज आमने-सामने हुन लागेका हुन्।

आजको खेलमा दुवै टोली जित निकालेर तालिकमा आफ्नो स्थान पक्का गर्ने दाउमा हुनेछन्। तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले आज जीत निकाल्दै दोस्रो स्थानमा आफ्नो स्थिति बलियो बनाउने दाउमा हुनेछ। त्यस्तै, रेलिगेसन क्षेत्रमा (१८ औं) रहेको काडिज आज जीत निकाल्दै १६ औं स्थानमा उक्लिने प्रयासमा मैदान उत्रिनेछ।

हाल शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा १५ अंकले पछि रहेको बार्सिलोना आज राति जीत निकालेको खण्डमा एक खेल हातमा रहँदै अंक दूरी १२ अंकमा घटाउँनेछ। त्यस्तै, काडिजले बार्सिलोनालाई पराजित गर्दै १८ औं स्थानमा रहेको काडिज ग्रानाडा र मालोर्कालाई पछि पार्दै १६ औं स्थानमा उक्लिनेछ।

खेल कुन च्यानलमा हेर्ने ?

बार्सिलोना र काडिज बीचको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। यो खेल नेपाली च्यानल याक्सन स्पोर्ट्समा प्रशारण हुनेछ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१४:५०

पूर्व लिभरपुल दिग्गज भन्छन्-“रोनाल्डोले फुटबल बुझेनन्, सबै खेल खेलाउनु हुँदैन”