२०७९ वर्षभर तपाईंको आर्थिक अवस्था कस्तो होला ? हेर्नुहोस् यो वर्षको आर्थिक राशिफल !

मेष राशि 

यस राशिका मानिसको लागि २०७९ वर्ष आर्थिक धन फस्न सक्छ भने सेयरबजार, शिक्षाक्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानीले राम्रो सफलता दिन सक्छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल नमिल्न सक्छ। आर्थिक दृष्टिले असार, असोज र माघ महिना शुभ रहनेछ।

वृष राशि 

२०७९ साल यस राशिका मानिसको लागि व्यापार व्यवसायको हिसाबले कुरा गर्दा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। आफन्त तथा नजिकका मानिससँग भने आर्थिक लेनदेनको कारणले केहि मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ। आर्थिक दृष्टिले साउन, कार्तिक, कार्तिक र फाल्गुन महिना बढी राम्रो रहन सक्छ।

मिथुन राशि 

यो वर्ष मिथुन राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्ने सम्भावना उच्च रहेको छ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने देखिन्छ। प्राविधिक क्षेत्रमा गरिएको लगानीले सफलता दिनसक्छ। सेयर बजारमा लगानी गर्नु शुभ रहन्छ। आर्थिक दृष्टिले वैशाख, भाद्र, र मंसिर महिना शुभ रहनेछ।

कर्कट राशि 

वर्ष २०७९ व्यापार व्यवसायमा लगानी गर्नु निकै फलदायी हुने सम्भावना रहेको छ। प्रविधि, शैक्षिक क्षेत्र त्यति राम्रो हुने छैन। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज महिना बलियो रहनेछ भने असार र पुष महिना अलि कमजोर रहला।

सिंह राशि 

यो वर्ष आर्थिक पक्ष निकै बलियो हुने देखिन्छ। व्यापार व्यवसायमा रहेका मानिसलाई यो समय निकै अनुकूल रहनेछ। पुरानो ऋण तिर्न सकिनेछ। सेयर बजारको कारोबार राम्रो नै होला। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल मिल्नेछ। आर्थिक हिसाबले जेठ, असार र असोज महिना शुभ रहनेछ।

कन्या राशि 

यस साल व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्ने पूरा सम्भावना रहेको छ। घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ। सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुहोस्, हानि हुनसक्छ। वैशाख र भाद्र महिना आर्थिक हिसाबले राम्रो नरहला भने असार, साउन, र फाल्गुन महिना शुभ रहनेछन्।

तुला राशि 

व्यापार वा व्यावसायको दृष्टिले यस वर्ष नयाँ काममा लगानी नगरेकै राम्रो रहला। साझेदारी व्यवसाय सुरु गर्न यो वर्ष शुभ रहने सम्भावना रहेको छ। शेयर बजारमा गरेको लगानीले पनि सफलता दिलाउनेछ। मोटो रकम कसैलाई ऋण नदिनुहोस्, अन्यथा नोक्सान हुने सम्भावना छ। व्यवसायीक दृष्टिले श्रावण, भाद्र र पुष महिना राम्रो हुनेछ।

वृश्चिक राशि 

वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट ठूलो सफलता मिल्ने सम्भावना रहेको छ। तर सेयरबजारको व्यवसायबाट नोक्सानी हुनसक्छ, सजग रहनुहोला। असोज र पुष महिनामा धन हानी हुनेछ भने वैशाख र माघ महिनामा यस हिसाबले सबैभन्दा शुभ महिना रहनेछ।

धनु राशि 

२०७९ वर्ष आर्थिक हिसाबले यी मानिसलाई मिश्रित फलदायी रहनेछ। व्यापार-व्यवसायमा यस वर्ष नोक्सानी पनि हुनसक्छ। शेयर बजारमा लगानी गर्दा पनि विशेष सुझबुझ रहनुपर्छ। साझेदारीमा गरेको कार्यमा पनि विशेष सफलता प्राप्त नहोला। आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना शुभ हुनेछ।

मकर राशि 

व्यापारीका दृष्टिले यो वर्ष सामान्य फलदायी रहनेछ। लामो समय देखि रोकिएको धन हात पर्न सक्छ। सेयरबजारबाट राम्रो सफलता मिल्ने सम्भावना रहेको छ। आर्थिक हिसाबले तपाईंलाई वैशाख, साउन, भाद्र र मंसिर महिना सबैभन्दा लाभदायक रहनेछ।

कुम्भ राशि 

व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष त्यति राम्रो रहन्छ भन्न सकिन्न। जग्गाजमिनको काममा केही विवाद उतपन्न हुन सक्छ। विशेषगरी कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा लगानीका गर्न यो समय राम्रो होला। सेयर बजार भने त्यति राम्रो नहोला। आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र माघ महिना शुभ रहन्छ।

मीन राशि 

यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ। जग्गा जमिनको कारोबारबाट चमत्कारी लाभ मिल्नेछ। सेयर बजारबाट पनि राम्रो आम्दानी हुनेछ। आर्थिक दृष्टिले जेठ, भाद्र, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१६:२३

कुन राशिलाई कति शुभ रहला वर्ष २०७९ ? हेर्नुहोस् आफ्नो वार्षिक राशिफल !