फ्रेन्च पत्रकारको मेस्सी माथि प्रहार-“मेस्सीलाई पीएसजीको मतलब छैन, मन नै छैन पेरिसमा”

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओलम्पिक मार्सेलीलाई २-१ ले हराउँदा लियोनल मेस्सीले गरेको प्रदर्शनबाट फ्रान्सेली पत्रकार नबिल डिजेलित प्रभावित भएनन्। ३४ वर्षीय फरवार्डको अर्को खेल थियो जसमा उनले कुनै पनि गोल योगदान गर्न सकेनन्।

यो नबिल डिजेलिटलाई राम्रो लागेन, जसले अर्जेन्टिनाका कप्तान फ्रान्समा रहन चाहँदैनन् भनेर दाबी गरेका छन्। डिजेलिटले ट्वीटर मार्फत यसो भने,”यो खेलले पुष्टि गर्छ कि मैले सुरुदेखि के सोचिरहेको थिएँ… मेस्सी त्यहाँ हुन चाहँदैनन्।”

लियोनल मेस्सीले पछिल्ला सातामा राम्रो लय देखाउँदै आएका छन्। सात पटकको ब्यालोन डी’ओर विजेताले गत साताको अन्त्यमा क्लर्मन्ट फुट विरुद्ध असिस्टको ह्याट्रिक गरेका थिए। फरवार्डले यस महिनाको सुरुमा एफसी लोरिएन्टविरुद्ध ५-१ को जितमा गोल गरेका थिए। आइतबारको खेलमा मेस्सीले गोल गर्न नसकेपनि पहिलो हाफमा उनले गरेका दुई गोलले मान्यता पाएनन्।

अस्वीकृत गोलले पीएसजीलाई सताउन सकेनन्, अन्तत: पीएसजीले आफ्नो लिग १ प्रतिद्वन्द्वीहरू माथि २-१ को झिनो जित हासिल गरे। किलियन एमबाप्पे र नेयमारको गोल नै पेरिसका दिग्गज टोलीका लागि राति तीनै अंक सुरक्षित गर्न पर्याप्त भयो। यो जितले मौरिसियो पोचेटिनोको टोलीलाई यो सिजन लिग १ को उपाधि जित्ने एक कदम नजिक पुर्याएको छ। तिनीहरू हाल दोस्रो स्थानमा रहेको मार्सेलीबाट १५ अंकले अगाडी रहेका छन् र यो सिजनमा छ खेलहरू बाँकी छन्।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१७:०२

यस्तो एक शर्तमा मात्र हाजार्डले रियल म्याड्रिड छाड्ने, नत्र दिग्गज भएर बस्ने !