लिभरपुल चार उपाधिको सँघारमा, टोलीको तनाव झनै बढ्यो !

काठमाडौँ – लिभरपुलका भर्जिल भान डाइकले आफ्नो टोली एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको संघारमा रहे पनि त्यसले टोलीमा अतिरिक्त दबाब थपिएको बताएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

लिभरपुल इङ्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र इङ्लिस लिग कपको उपाधि जित्ने दुर्लभ कीर्तिमान रच्नबाट मात्र ११ खेल टाढा छ।

योर्गान क्लोपको टोलीले शनिबार एफए कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ ले हराएको थियो। लिभरपुलले एफए कपको फाइनलमा चेल्सीको सामना गर्नेछ। चेल्सी आइतबार क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो। लिभरपुलले फेब्रुअरीमा लिग कपको उपाधि जित्ने क्रममा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

प्रिमियर लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको लिभरपुल शीर्ष स्थानको सिटीभन्दा १ अंकले पछि छ। त्यस्तै क्लोपको टोलीले च्याम्पियन्स लिगको समेत सेमिफाइनलमा स्थान बनाइसकेको छ। जहाँ लिभरपुलले भिल्लारियालको सामना गर्नेछ। लिभरपुलले भने च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

‘कसैले पनि एकै सिजन चार उपाधि (इङ्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र इङ्लिस लिग कप) को उपाधि जितेका छैनन र यो दुर्लभ कीर्तिमान हो,’ भान डाइकले भने, एकै सिजन चार उपाधि जित्छाैँ वा तेहेरो उपाधि जित्छाैँ भन्ने लक्ष्य राख्दै हिँड्दा त्यसले खेलाडीमाथि अतिरिक्त दबाब थपिएको छ। सबैले सहभागिता जनाएको प्रतियोगिताको उपाधि जित्छाैँ भन्दै लक्ष्य राख्नु स्वाभाविक हो तर जित्नै पर्छ भनेर दबाब दिन मिल्दैन। स्वाभाविक प्रदर्शन गर्दै जाँदा सफलता हात पार्न सकिन्छ।’

भान डाइक चोटमुक्त हुँदै मैदान फर्किएसँगै लिभरपुल उच्च लयमा देखिएको छ। चोटका कारण उनले गत सिजन १० महिना मैदानबाहिर बिताएका थिए।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९०९:४०

युभेन्टस र बार्यनलाई पछारेको भिल्लारियल सम्झिँदा काम्यो भान डाइकको खुट्टा !