निकै चतुर हुन्छन् यी ३ राशिका मानिस, कागको फूल चोर्ने क्षमता राख्छन् !

कतिपय मानिसलाई हराउन कतै सजिलो हुँदैन। यस्ता मानिस हरेक समय आफ्ना विरोधीहरूलाई माथि हावी हुने गर्छन्। अचम्मको कुरा यो हो कि हरेक स्थितिमा जित हात पार्ने यी विधिहरू यी मानिसमा जन्मजात नै हुन्छन् र उनीहरूले हरेक समस्यालाई यति चलाखीपूर्वक समाधान गर्छन् कि उनीहरूको हार्ने सम्भावना निकै न्युन हुने गर्छ। यही कारणले गर्दा पनि अन्य मानिसले यी मानिलाई सजिलै आफ्नो लिडर मान्दछन्। जानौं ज्योतिष शास्त्र अनुसार कुन राशिमा यी गुण हुन्छन्।

वृष राशि 

वृष राशिका मानिसहरु हावी स्वभावका हुन्छन्। तिनीहरूलाई नियन्त्रणमा राख्न कुनै पनि मानिसलाई सजिलो छैन। तिनीहरू जिद्दी र जुनूनी छन्, आफूले सोचेरको कार्य जसरी पनि पूरा गरेर छाड्छन्। जहाँसम्म अरूलाई सम्हाल्ने कुरा आउँछ, यी मानिसलाई हरेक व्यक्तिबाट आफ्नो काम निकाल्न आउँछ। उनीहरु निडर र साहसी हुन्छन्, त्यसैले उनीहरुको आत्मविश्वास देखेर मात्रै विपक्षीको आधा साहस समाप्त हुन्छ।

सिंह राशि 

आफ्नो राशि जस्तै यी व्यक्तिहरु जंगलको सिंह जस्तै निडर, साहसी र आत्मविश्वासी हुन्छन्। यी मानिसहरू बोल्नमा माहिर हुन्छन् र जन्मजात लिडर हुन्छन्। तिनीहरूले प्रतिद्वन्दीलाई पराजित गर्न हरेक जुक्ति प्रयास गर्न सक्छन्, त्यसैले यो यी व्यक्तिहरूसँग नउल्झिनु नै राम्रो हुन्छ।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसहरुको सोचाई निकै दूरदर्शी हुन्छन्। यी मानिसहरू कहिले खुलेर लड्छन्, तर प्राय: पछाडिबाट प्रहार गर्छन्। उनीहरूमा अन्य मानिसको मनसाय बुझ्ने क्षमता हुन्छ, त्यसैले उनीहरू सजिलै कसैलाई पनि आफ्नो नियन्त्रणमा पार्न सक्छन्। यस राशिका मानिस त्यसैले निकै उत्कृष्ट लिडर साबित हुन्छन्।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१२:००

ग्रहचक्रमा राजकुमार ग्रहको ठूलो उथलपुथल, यी ३ राशिको जीवन हुनेछ सुखमय !