बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले सबै प्रतियोगिताहरूका खेलहरूमा लगातार दोस्रो पराजयपछि आफ्ना खेलाडीहरू रिसाएको खुलासा गरेका छन्। सोमबारको खेलमा क्याटलान्सलाई तालिकाको पुछारतिर रहेको काडिजले १–० ले हराएको थियो।
गयरातीको हारपछि बार्सिलोना एक खेल कम खेल्दा तेस्रो स्थानको सेभिल्ला र चौंथो स्थानको एट्लेटिको मड्रिडसँग अंकको बराबरीमा रहेको छ। हाल पाँचौं स्थानमा रहेको रियल बेटिस शीर्ष चारको दौडमा ब्लाउग्रानाभन्दा तीन अंकले मात्र पछाडि छ। जाभीको पक्षले अब क्याम्प नोउमा ब्याक-टु-ब्याक खेलहरू हारेको छ र उनीहरूले सिजनको अन्त्यतिर देखाउनु पर्ने लयमा कतै पनि रहेका छैनन्। हारको बारेमा सोध्दा, जाभीले यो टोलीका लागि कठिन हप्ता भएको र उनीहरूले सकेसम्म चाँडो चीजहरू फेर्न आवश्यक रहेको बताएका छन्।
उनले एक पत्रकार सम्मेलनमा स्वीकार गरे (ESPN मार्फत): “हामी क्रोधित छौं, खेलाडीहरू पहिले, किनकि हामीले च्याम्पियन्स लिग स्थानहरूको लागि लडाई गरिरहेका क्लबहरुबाट आफूलाई अलग गर्ने सुनौलो मौका गुमायौं र ला लिगाको लागि लड्ने मौका पनि, जसलाई हामीले व्यवहारिक रूपमा अहिले अलविदा भनेका छौं।”
“म रिसाएको छु र प्रशिक्षकको हैसियतमा सबैभन्दा पहिले आफैं आलोचनात्मक हुनुपर्छ। हामी च्याम्पियन्स लिगमा खेल्नका लागि खेलिरहेका छौं, त्यसैले म धेरै रिसाएको छु। इच्छा र दृढ संकल्पको कमी थियो। यो साँच्चै नराम्रो हप्ता भएको छ र हामीले जति सक्दो चाँडो चीजहरू फेर्नुपर्दछ,” जाभीले भने।