मेष राशिमा ग्रहको मिलनका कारण ठूलो हलचल मच्चिएको छ। ज्योतिष शास्त्रमा कुनै एक राशिमा दुई वा तीन ग्रहको संयोगलाई निकै महत्वपूर्ण मानिन्छ। अहिले मेष राशिमा तीन ग्रह संयोगमा छन्। हिन्दू पात्रो अनुसार अप्रिल ८ मा बुध मेष राशिमा प्रवेश गरेको थियो। यसपछि १२ अप्रिल २०२२ मा छायाँ ग्रह राहु प्रवेश गरेको थियो। मेष राशिमा राहुको आगमनलाई एक महत्वपूर्ण खगोलीय घटना मानिन्छ। योसँगै १४ अप्रिलमा ग्रहहरूको राजा सूर्यको मेष राशिमा प्रवेश भएको छ। मेष राशिमा ग्रहको यस्तो महत्वपूर्ण संयोगको प्रभाव सबै १२ राशिमा देखिनेछ।

अप्रिल १४, २०२२ मा सूर्यले मीन राशि छोडेर बिहान ०८:५४ मा मेष राशिमा प्रवेश गर्यो। सूर्य यस राशिमा करिब ३० दिनसम्म रहनेछ। सूर्यको गोचरलाई संक्रान्ति पनि भनिन्छ। अप्रिल १४ मा सूर्य मेष राशिमा प्रवेश गर्ने भएकाले मेष संक्रान्ति रहेको थियो। जान्नुहोस् कुन राशिका व्यक्तिले यो समयमा सावधान रहनुपर्छ….
मेष राशि

मेष राशिका व्यक्तिहरूलाई यस समयमा सावधान रहन सल्लाह दिइन्छ। धन सम्बन्धि मामिलामा सावधानी अपनाउन जरूरी छ, अन्यथा धन हानि हुने प्रबल सम्भावना छ। तपाईंको राशिमा तीन ग्रहको संयोगले अन्योलको स्थितिबाट बच्नु पर्नेछ। यसका साथमा अहंकार त्याग्नु पर्छ।
मिथुन राशि

ग्रह संयोगको अवधिमा तपाईंले धनसँग सम्बन्धित मामिलामा धेरै सावधान रहनु पर्नेछ। प्रेम जीवन प्रभावित हुन सक्छ। मानसिक तनावको सिकार हुन सकिन्छ। पुरानो ऋण तिर्न गाह्रो हुन सक्छ। नयाँ कामको खोजीमा रहेकाहरूले कठिनाइहरू सामना गर्न सक्छन्।
तुला राशि

तुला राशिका व्यक्तिहरूले यस समयमा विवादबाट टाढा रहनुपर्नेछ। अन्योल र तनावका कारण निर्णय लिन कठिन हुन सक्छ। चोटपटकको जोखिम रहनेछ, सजग रहनुहोला। यो समयमा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। अपरिचित व्यक्तिलाई विश्वास नगर्नुहोस्। अनावश्यक खर्च गर्नु भारी पर्न सक्छ।

