अबको एक हप्ता यी ४ राशि हुनेछन् मालामाल, बुद्धादित्य योग बन्दा हुनेछन् हेरक कार्य सफल !

बुध र सूर्य ग्रह कुनै एक राशिमा हुँदा यी दुई ग्रहको मिलनलाई बुद्धादित्य योग भनिन्छ। बुधलाई काम, व्यापार र वाणीको कारक मानिन्छ। सूर्यलाई साहस, पद-प्रतिष्ठा र शासन-प्रशासन आदिको कारक मानिन्छ। यो योग ज्योतिष शास्त्रमा निकै शुभ मानिन्छ।

बुध ८ अप्रिलमा मेष राशिमा प्रवेश गरेको छ, जहाँ यो २५ अप्रिल २०२२ सम्म रहनेछ। त्यस्तै, मार्च १५ बटा मीन राशिमा गोचर गरी १४ अप्रिलमा सूर्य मेष राशिमा प्रवेश गरेको छ। यस्तोमा, अप्रिल १४-२५ सम्म मेष राशिमा बुद्धादित्य यो निर्माण भएको छ जुन अहिले चलिरहेको छ। जान्नुहोस् कुन राशिका लागि यो संयोग हुनेछ लाभदायक?

मेष राशि 

बुध तपाईंको राशिको पहिलो घरमा प्रवेश गरेको छ। यस्तो अवस्थामा यस समयमा तपाईंको साहस, आत्मविश्वास र बुद्धिमा वृद्धि हुनेछ। यस समयमा लगानी गर्दा फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ।

वृष राशि 

बुध तपाईंको राशिको १२ औं घरमा प्रवेश गरेको छ। यस समयमा तपाईंको मान-सम्मान बढ्नेछ। वैदेशिक व्यापार व्यवसाय गर्नेलाई फाइदा हुनेछ। उच्च शिक्षामा सफलता मिल्नेछ। तपाईं राम्रो परिणाम देख्न सक्नुहुन्छ।

मिथुन राशि 

बुध तपाईंको राशिको ११ औं घरमा प्रवेश गरेको छ। तपाईंको राशि चक्र बुध ग्रह द्वारा शासित छ। तसर्थ, बुध गोचर तपाईंको लागि लाभदायक साबित हुनेछ। नोकरी पेसामा उन्नति र व्यापार व्यावसायमा प्रगति हुनेछ। धनलाभको योग रहेको छ।

सिंह राशि 

बुध तपाईंको राशिको नवौं घरमा प्रवेश गरेको छ। यो गोचरमा तपाईंको भाग्यले साथ दिनेछ। आर्थिक पक्ष बलियो रहनेछ। जागिर तथा व्यापार गर्नेले बाधा अड्चनबाट मुक्ति प्राप्त गर्नेछन्। मान-सम्मानमा वृद्धि हुनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१६:००

मेष राशिमा बन्यो तीन ठूला ग्रहको संयोग, यी ३ राशिको जीवनमा आउनेछ भूकम्प !