सिवाइसी लघुवित्तको आइपिओ भर्ने २२ लाख बढीको हात रित्तै ! ११ कित्ता पाउने कति ?

काठमाडौँ – सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि झन्डै ७० गुणा बढी आवेदन परेको छ। वैशाख २ गते देखि बिक्री खुला भएको कम्पनीको आइपिओका लागि अन्तिम दिन मंगलबार सम्म झन्डै ७० गुणा बढी आवेदन परेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिन मिल्ने अन्तिम दिन मंगलबार सम्म साढे २२ लाख ७७ हजार जनाले आवेदन दिए।

मंगलबार ५ बजे सम्म २२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता शेयर लागि आवेदन दिएको बताइएको छ।

कम्पनीले गत वैशाख २ गते देखि कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ।

यस हिसाबले ३६ हजार ९ सय ४८ जनाले शेयर पाउनेछन्। त्यसमध्ये ३६ हजार ९ सय ४० जनालाई १० कित्ताका दरले र बाँकी ८ जनालाई ११ कित्ताका दरले शेयर बाँडफाँड गरिनेछ। त्यस्तै २२ लाख ४० हजार भन्दा बढीको हात भने खालि हुनेछ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०८:१२

बिन्ध्यबासिनी हाइड्रोपावरको आउँदै आइपिओ ! कसले-कसले दिन पाउँछ आवेदन ?