विश्वप्रकाशले घुमाउरो पारामा मागे जनार्दन शर्माको राजीनामा !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो पारामा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। सर्वोच्च अदालतले महाप्रसाद अधिकारीलाई पुनः राष्ट्र बैंकको गभर्नर पद जिम्मेवारी सम्हाल्न अन्तरिम आदेश दिएसँगै ट्वीटर मार्फत शर्माले जनार्दनको घुमाउरो पारामा राजीनामा माग गरेका हुन्।

नेता शर्माले एक ट्वीट गर्दै पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यलाई स्मरण गरेका छन्। गभर्नरलाई हटाउने निर्णय सर्वोच्चले बादल गरेपछि आचार्यले मन्त्री पदबाट राजीनामा दिएका थिए। शर्माले आचार्यले त्यसबेला राजीनामा दिएको स्मरण गर्दै मन्त्री शर्माको घुमाउरो पारामा राजीनामा माग गरेका छन्।

“बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति ! समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !”,शर्माले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०९:५८

हिजो घटेको सुनको मूल्य आज बढ्यो !