बार्सिलोनाका लागि भयानक हप्ता: आँखा झिमिक्क २ उपाधि गायब !

बार्सिलोनाले यो सिजन ला लिगा सान्टान्डर, च्याम्पियन्स लिग, कोपा डेल रे, युरोपा लिग र सुपरकोपा डे स्पानामा हालसम्म पछाडी परेका २२ खेलमध्ये ६ वटा मात्र जित्न सफल भएको छ।

बार्सिलोनाले भ्यालेन्सिया, लिनारेस, एट्लेटिको म्याड्रिड, एल्चे, गालाटासारे र लेभान्टे विरुद्धको खेल मात्रै पछि परेको स्थितिबाट जितेको थियो भने माथि उल्लिखित २२ खेलहरूमध्ये ११ हार र पाँच खेल बराबरी गरेको थियो। ती ११ हार मध्ये एक सोमबार राति क्याडिज विरुद्ध आयो, जसले हाफ टाइम ब्रेक पछि लुकास पेरेजको गोल मार्फत क्याम्प नोउमा अग्रता लिएको थियो।

चाखलाग्दो कुरा के छ भने बार्सिलोना पछिल्ला चार खेलमा पछि परेको छ। एन्ट्राक्ट फ्रान्कफर्टले घरेलु मैदानमा युरोपा लिग अन्तिम ८ को पहिलो लेगको ४८औं मिनेटमा एन्स्गर नउफको गोलबाट अग्रता लिँदा ६६औं मिनेटमा फेरान टोरेसले बराबरी गोल फर्काएका थिए। त्यसपछि लालिगा खेलमा लेभान्टेका लागि जोसे लुइस मोरालेसले गोल गर्दै अग्रता दिलाएका थिए जुन खेल भने बार्सिलोनाले जितेको थियो। जसपछि गत बिहिबार युरोपा लिग अन्तिम ८ को दोस्रो तथा निर्णायक लेगमा फिलिप कोस्टिकले ४औं मिनेटमा इनट्राक्टलाई अग्रता दिलाएका थिए।

युरोपा लिगबाट बाहिरिएपछि बार्सिलोना अब ला लिगा सान्टान्डरको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ र यो सिजन समाप्त हुन मात्र ६ खेल खेल्न बाँकी रहेको छ। यद्यपि ब्लाउग्रानाले लस ब्लान्कोससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ जबसम्म यो गणितीय रूपमा सम्भव छ, तर काडिजसँगको हार जाभी हर्नान्डेजको टोलीका लागि कडा धक्का थियो।

बार्सिलोनाको काडिजसँग १-० को हार क्याटालान क्लबका लागि २०२२ मा लिगमा पहिलो हार थियो, बार्सिलोनाले पछिल्लो पटक डिसेम्बर ४ मा घरेलु मैदानमा रियल बेटिससँग हार बेहोरेको थियो। त्यसयता बार्सिलोनाले १५ खेलमा ११ जित र चार बराबरी गरेको थियो।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९११:०९

अर्जेन्टिना र ब्राजिल बीच विश्वकप अगाडी नै महाभिडन्त, अष्ट्रेलियामा हुने खेल !