शुक्र र बृहस्पति ग्रहलाई ज्योतिष शास्त्रमा धेरै महत्त्वपूर्ण मानिन्छ। शुक्रलाई धनदाता मानिन्छ। अर्कोतर्फ, बृहस्पति ग्रह भाग्य बढाउने ग्रह हो। यसैबीच यी दुबै शुभ ग्रहको मिलन हुन लागेको छ। यस मिलनको सबैभन्दा शुभ प्रभाव ३ राशिका मानिसहरुमा देखिनेछ। यो योग मीन राशिमा निर्माण हुनेछ। अप्रिल २७ मा शुक्र मीन राशिमा प्रवेश गर्नेछ, जबकि गुरु यस राशिमा पहिले देखि नै उपस्थित रहेको छ। यो संयोग २३ मे सम्म रहनेछ र तब सम्म यी ३ राशि चिन्हहरूलाई निकै शुभ समय रहनेछ।
वृष राशि

वृष राशिका लागि शुक्र–गुरुको युतिले आम्दानीमा वृद्धि हुनेछ। आम्दानीमा हुने ठूलो वृद्धिले आर्थिक अवस्था मजबुत हुनेछ। ऋणबाट मुक्ति मिल्नेछ। करियरमा सफलता मिल्नेछ। लक्जरी जीवनको आनन्द उठाउन सफल हुनुहुनेछ।
मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूलाई यो संयोजनले करियरमा प्रगति प्रदान गर्नेछ। नयाँ काम पाउन सकिनेछ। कार्यक्षेत्रमा पदोन्नती मिल्नुका साथै तलब वृद्धि मिल्ने पनि सम्भावना रहेको छ। व्यापारी-व्यवसायीले यस समयमा राम्रो सफलता प्राप्त गर्न सक्छन्। तपाईंको कामको सबैले प्रशंसा हुनेछ।
कर्कट राशि

कर्कट राशिका लागि बृहस्पति र शुक्रको संयोगले विदेश यात्राको अवसर मिल्न सक्छ। विदेशबाट धन आर्जन पनि गर्न सकिनेछ। आम्दानी बढ्ने प्रबल सम्भावना छ। परीक्षा-अन्तर्वार्तामा सहभागी हुन जानेहरूले सफलता पाउनेछन्।

