रियल लिग च्याम्पियन बन्ने संघारमा, अब यसो भए बार्सिलोनाले सपनामा पनि नभेट्ने !

एजेन्सी – रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्ने संघारमा रहेको छ । रियल ३२ खेलबाट ७५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

सेभियाविरुद्ध पहिलो हाफमो प्रदर्शन बिर्सनलायक रहेपनि दोस्रो हाफको उच्च प्रदर्शनले रियलले ३–२ को जित निकाल्दै उपाधि होडलाई बलियो बनाउँदा अर्काे दिन बार्सिलोना घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध हुँदा रियललाई झनै सहज भएको थियो ।

ला लिगाको ६ चरणको खेल बाँकी रहँदा रियलले शीर्षस्थानमा १५ अंकको अग्रता बनाइसकेको छ । ६० अंक रहेको बार्सिलोनाले एक खेल कम खेलेको छ । जाभी हर्नान्डेजको टोलीको हारसँगै उपाधि दौड थप कमजोर बनेको छ । समान ६० अंक नै रहेपनि सेभिया र एट्लेटिको म्याड्रिडले बार्सिलोनाले भन्दा एक खेल बढी खेलेका छन् ।

अवस्था हेदौ बार्सिलोनाले बाँकी सबै सात खेलमा जित निकाल्यो भने ८१ अंक जोड्नेछ । जबकि सेभिया र एट्लेटिको म्याड्रिडको ७८ अंक पुग्नेछ । रियल म्याड्रिडको ७५ अंक पुगिसकेको छ । अब रियललाई ला लिगाको उपाधि जित्न बाँकी ६ खेलमा ७ अंकको मात्रै खाँचो छ ।

रियललाई ७ अंक पाउन कम्तीमा तीन खेलको आवश्यक हुनेछ । म्याच डे ३५ मा रियल म्याड्रिडले वान्डा मेट्रोपोलिटानोमा सहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडको सामना गर्दैछ । यदि सबै योजना अनुसार जान्छ भने वान्डा मेट्रोपोलिटानोमा रियलले बराबरी खेलेपनि च्याम्पियन बन्नेछ । यदि निकटतम प्रतिद्धन्द्धी बार्सिलोनाले त्यस अघि नै अंक गुमाएमा रियल वान्डा मेट्रोपोलिटानो जानुअघि नै च्याम्पियन बन्ने सम्भावना छ ।

रियलले आज (बुधबार) राति नवौं स्थानमा रहेको ओसासुनासँग खेल्दैछ । खेल ओसासुनाको मैदानमा हुनेछ । त्यसपछि अप्रिल ३० मा सान्टियागो बर्नबेउमा स्पान्योलसँग खेल्नेछ । त्यसपछि रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडको सामना गर्नेछ । त्यसपछि रियलले लेभान्टे, क्याडिज र रियल बेटिससँग खेल्नेछ ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१६:५०

लेवान्डोस्की बेच्न तयार भयो बार्यन म्युनिख, बार्सिलोना आउने ?