छोरा गुमाएको केहि दिन नबित्दै रोनाल्डो प्रशिक्षणमा फर्किए !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन्। पुत्रशोक परेको केहि दिन नबित्दै रोनाल्डो म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किएका हुन्।

रोनाल्डोलाई बुधबार युनाइटेडको प्रशिक्षण केन्द्र क्यारिङ्टन प्रशिक्षण परिसर देखिएको बेलायती मिडियाहरु बताउँछन्। नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको दुई दिनमै रोनाल्डो प्रशिक्षणमा फर्किएको बताइन्छ।

रोनाल्डोले सोमबार मात्रै नवजात जुम्ल्याहा बच्चामध्ये एकलाई गुमाएका हुन्। रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको सबैमा जानकारी गराएका थिए।

नवजात छोरा बितेसँगै रोनाल्डो मंगलबार राति युनाइटेड र लिभरपुल आमने-सामने भएको खेलमा उपस्थित हुन सकेका थिएनन्। सो खेलमा युनाइटेड ४-० को गोल अन्तरले पराजित भएको थियो।

तर सो खेलमा आफ्नो नवजात शिशु कारण शोकमा रहेका क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा स्टेडियममा उनको नामसँग जोडेर ताली बजाएका थिए ।

खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै लिभरपुल समर्थकले ‘यु विल नेभर वाक अलोन’ भन्ने गीत गाएका थिए । रोनाल्डोको समर्थनमा म्यानचेस्टर युनाइटेडले तथा लिभरपुल दुबैतर्फका खेलाडीहरुले हातमा कालो आर्म ब्याण्ड लगाएका थिए ।

मंगलबार रोनाल्डोले सामाजिक सञ्जालमा जुम्लयाहा मध्येका एक शिशुको निधन भएपश्चात परिवार र आफु निकै विक्षिप्त बनेको बताएका थिए । यो खबर बाहिरिएसँगै विश्वभरिका उनका समर्थक तथा फुटबल जगतले समावेदना प्रदान गर्न तथा यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका थिए ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१०:३७

विश्वास नलाग्ला, तर जारी सिजनमा यी पाँच डिफेन्डरले मेस्सी भन्दा बढी गोल गरेका छन् !