वामदेवको महँगो शिक्षा माधव नेपालले निःशुल्क ग्रहण गरेपछि …

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आत्मविश्वासपूर्ण प्रस्तुतिले धेरैलाई आश्चर्यमा पार्ने गरेको छ । आफ्नै सरकार ढाल्ने दिन संसद्मा देखिएको उनको बेचैनी र मलिन अनुहार त्यसयता कहिल्यै दोहोरिएको छैन । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

गठबन्धनको बैठकमा भागबन्डाको विषयमा होस् वा सार्वजनिक समारोहमा, उनको अभिव्यक्ति आत्मविश्वासले भरिएको हुन्छ । माधव नेपालको आत्मविश्वास बढ्नुमा उनको संगठन र गठबन्धनको महत्वपूर्ण भूमिका रहेको राजनीतिक शास्त्री कृष्ण पोखरेलको विश्लेषण छ । ‘आफ्नो संगठनको विस्तार र गठबन्धन नै उनको आत्मविश्वासको कारण हो’, पोखरेल भन्छन्, ‘एमालेको अन्तरकुन्तर पनि उनलाईजति अरूलाई के थाहा होला र ?’

हुन पनि माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टी जन्मँदै राष्ट्रिय पार्टी हो । यसले नेकपा एमालेलाई पहिलो झड्का राष्ट्रियसभा निर्वाचनमा दिइसकेको छ । एमालेकै खातामा रहेका आठमध्ये सात सिट घटेको छ भने समाजवादीको पोल्टामा नयाँ थप पाँचसहित नौ सिट पारेको छ । सात प्रदेशमध्ये गण्डकी प्रदेश कमजोर छ भने बाँकी प्रदेशमा उनको पार्टीको सम्मानजनक उपस्थिति छ । दुई वटा प्रदेशमा मुख्यमन्त्री नै समाजवादी पार्टीका छन् ।

जन्मँदै राष्ट्रिय पार्टीको मान्यता पाएको समाजवादीले ७ सय ५३ स्थानीय तहका सबैजसो वडामा संगठन पुर्याएको छ । नेकपा समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाका अनुसार शुभेक्षुक तथा जनवर्गीय संगठनबाहेक देशभरका पार्टी कमिटिमा हालसम्म झण्डै १ लाख ५० हजार नेता कार्यकर्ता संगठित भइसकेका छन् ।

वामदेव गौतमको गल्तीबाट नसिकेको भए एकीकृत समाजवादी पार्टी एमसिसी प्रकरणमा सरकारबाट बहिरिने र एमाले भित्रिने सम्भावना थियो । यो प्रकरणमा माधव नेपालले धैर्य गुमाएनन् । माओवादी केन्द्रलाई पनि समेटेर बीचको उपाय निकालेर सरकारमा टिकिरहे । वामदेवको महँगो शिक्षा माधव नेपालले निःशुल्क ग्रहण गरे ।

जनवर्गीय संगठनमध्ये एमालेका युवा विद्यार्थी, मजदुर र कर्मचारी संगठन सशक्त संगठन हुन् । तर, पार्टीको आन्तरिक खिचातानीले युवा संघ र अनेरास्ववियुलाई लथालिंग पारेको छ । युवा र विद्यार्थी संगठनहरू शिथिल हुँदै गएको भए पनि मजदुर र कर्मचारी संगठन भने सशक्त देखिन्छन् । यी दुई संगठनमध्ये निजामति संगठनमा समाजवादी अगाडि देखिएको छ ।

केही समयअघि मात्रै आधिकारिक ट्रेड युनियनका लागि सो पार्टी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल संवद्ध १४ हजार ७ सय ५३ जना ले हस्ताक्षर बुझाएका थिए । जबकी अघिल्लो आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले २१ हजार ५ सय मत ल्याएको थियो । एकीकृत समाजवादी निकट निजामति कर्मचारीहरूको संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहन घिमिरे भन्छन्, ‘निजामति कर्मचारीमा सबैभन्दा ठूलो संगठन हाम्रो हो ।’

वामदेवको महँगो शिक्षा

०५६ सालमा एमाले विभाजन गरी वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा (माले) तत्कालीन अवस्थामा नेपाली कांग्रेसको सरकारमा सहभागी भएको थियो । सामान्य कार्यशैलीबाहेक कुनै गम्भीर मतान्तरविना नै चुनावको पाँच÷६ महिनाअगाडि माले सरकारबाट बाहिरियो ।

मालेले खाली गरेको ठाउँ एमाले सरकारमा गएर पुरताल गर्यो । परिणाम गौतम नेतृत्वको मालेले देशभरबाट ६ लाख भोट ल्याए पनि संसद्मा एक सिट पनि जित्न सकेन । सरकार छोड्ने गौतमको निर्णय घातक सिद्ध भयो । माधव नेपालले यसबाट पनि गतिलो शिक्षा लिएका छन् ।

वामदेवको गल्तीबाट नसिकेको भए एकीकृत समाजवादी पार्टी एमसिसी प्रकरणमा सरकारबाट बहिरिने र एमाले भित्रिने सम्भावना थियो । यो प्रकरणमा माधव नेपालले धैर्य गुमाएनन् । माओवादी केन्द्रलाई पनि समेटेर बीचको उपाय निकालेर सरकारमा टिकिरहे । वामदेवको महँगो शिक्षा माधव नेपालले निःशुल्क ग्रहण गरे । राजनीतिकशास्त्री पोखरेल पनि एमसिसी प्रकरणमा सरकारबाट बाहिरिने नीति नलिनुलाई इतिहासको शिक्षाका रूपमा अथ्र्याउँछन् ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०९:४९

आजबाट एसइई: बीचबाटै कता हराए ८ लाख विद्यार्थी ?